दसैँको मुखमा सरकारले बढायो गाडीभाडा, कुन स्थानमा जान कति भाडा ?

गुगलपाटी संवाददाता
८ आश्विन २०७५ ०१:४२

सरकारले यातायात व्यवासायीसँग सौदाबाजी गरेर दसैँको सवारीसाधनमा ९० प्रतिशत भाडा बढाएको छ ।

सरकारले आफैँले खारेज गरेको भनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग चारबुँदे सम्झौता गरी भाडा बढाएको हो ।

सरकारले केही महिनाअघि सिन्डिकेट अन्त्य भएको घोषणा गरी यातायात समितिहरु खारेज भएको जनाएको थियो ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सिन्डिकेटधारी महासंघसँग भाडा बढाउने सम्झौता गरेपछि उपभोक्ता अधिाकारकर्मीले यसको विरोध गरेका छन् ।

उनीहरुले भाडा बृद्धिको निर्णय तत्कालै फिर्ता लिन माग गरेका छन् ।

उपभोक्ता अधिकारी अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले सरकारले सिन्डिकेटधारी यातायात व्यवासायीसँग अस्वभाविक सम्झौता गरेर ९० प्रतिशत मुल्य बृद्धि गरेको बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
कुन स्थानमा जान कति भाडा 

काठमाडौँ–सिलगढी रु १६७५
काठमाडौँ–इलाम रु १३४८
काठमाडौँ–उर्लाबारी रु १०८४
काठमाडौँ– कटारी रु ८०४
काठमाडौँ– कलैया रु ५६३
काठमाडौँ– काँकडभिट्टा रु ११७२
काठमाडौँ–कुमारखोज (झापा) रु ११७२
काठमाडौँ–कुरिनटार रु २०९
काठमाडौँ–कृष्णनगर रु ६८६
काठमाडौँ–कोठियाघाट रु ११३६
काठमाडौँ–खोपासी रु ८४
काठमाडौँ–गल्छी रु ९९
काठमाडौँ–गाइघाट रु ८६८
काठमाडौँ–गुलरिया रु १०९१
काठमाडौँ–गोरखा रु ३०७
काठमाडौँ–गोलधाप रु ११६९
काठमाडौँ–गौर रु ६५१
काठमाडौँ–गौरीगञ्ज रु ११२३
काठमाडौँ–महोत्तरी रु ७१३
काठमाडौँ–चिसापानी कर्णाली रु ११००
काठमाडौँ–चौतारा रु १९५
काठमाडौँ–जनकपुर रु ७३६
काठमाडौँ–जलेश्वर रु ७६५
काठमाडौँ–जिरी रु ५३२
काठमाडौँ–तातोपानी रु २७५
काठमाडौँ–त्रिशूली रु १७५
काठमाडौँ–धनगढी रु १३२१
काठमाडौँ–साँफेबगर रु १८७३
काठमाडौँ–धरान रु १०४१
काठमाडौँ–धादिङबेँसी रु १८४
काठमाडौँ–धुन्चे रु २९७
काठमाडौँ–धुलिखेल रु ६३
काठमाडौँ–नारायणगढ रु ३०७
काठमाडौँ–नारायणगढ– हेटौडा रु ४५३
काठमाडौँ–नेपालगञ्ज रु १०२५
काठमाडौँ–पनौती रु ६३
काठमाडौँ–पोखरा रु ४२८
काठमाडौँ–बालिङ रु ५८५
काठमाडौँ–फत्तेपुर रु ९२२
काठमाडौँ–भालुवाङ–प्यूठान रु ९२८
काठमाडौँ–भैरहवा रु ५६१
काठमाडौँ–मटिहानी रु ७८४
काठमाडौँ–मलङ्गवा रु ६७१
काठमाडौँ–महेन्द्रनगर रु १३३२
काठमाडौँ–मेलम्ची रु १६२
काठमाडौँ–राजगढ रु ११६६
काठमाडौँ–बाग्लुङ रु ६०८
काठमाडौँ–वीरगञ्ज रु ५४०
काठमाडौँ–सिन्धुली रु ७३५
काठमाडौँ–सुर्खेत रु १२११
काठमाडौँ–सिराहा रु ८००
काठमाडौँ–बुटवल रु ५१९
काठमाडौँ–स्याङ्जा रु ५१०
काठमाडौँ–तम्घास रु ८४०
काठमाडौँ–तानसेन रु ६१५
काठमाडौँ–धनकुटा रु १२०१
काठमाडौँ–वसन्तपुर रु १३२२
काठमाडौँ–सन्धिखर्क रु ७८८
काठमाडौँ–सल्यान रु ७९९