मझुवा खानी संचालन गर्ने सहमति
गुगलपाटी संवाददाता हेटौंडा,८ असोजहेटौंडा सिमेन्ट उद्योगलिमिटेडको ओखरे खानी अन्तरगतको मझुवा खानी संचालन विवाद समाधान भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको संयोजक्त्वमा आज बसेको सरोकारवालाहरुको बैठकाट लामो समय देखि विवादका कारण संचालन हुन नसकेको खानि संचालन गर्ने सहमति भएको छ । मकवानपुरको मकवानपुरगढी गाउ“पालिकामा रहेको उक्त खानीमा स्थानीको विवादका कारण खानी संचालन हुन सकेको थिएन । आज सरोकारवाला बिच ५ बु“दे सहमति भएपछि खानी संचालनमा आउने भएको हो । विगत लामो समय देखि स्थानीयहरुको अवरोधका कारण खानी संचालन हुन सकेको थिएन । छलफलमा हेटौंडा सिमेन्टका महाप्रवन्धक प्रेम शंक। सिंह, गढी–५ का वडा अध्यक्ष जित बहादुर घिमिरे, वस्ती संरक्षण समितिका सचिव ईन्द्रजित देवकोटा, लगायतकाको सहभागिता रहेको थियो ।