स्थानीय पत्रपत्रिकाः किन दिए मेयरले मेला गर्न नदिने चेतावनी ?
गुगलपाटी संवाददाताहेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले कार्यबहाक प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले हिजो मकवानपुरको भीमफेदी आएर बोलेको समाचारलाई प्राथमिकताको साथ छापेका छन् । साथै मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गर्ने भनिएको औद्योगिक व्यापार मेलामा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मेला राक्ने चेतावनी दिएको समाचार पनि छापिएको छ
व्यापार मेलामा बढी तडक भडक हुने गरेको भन्दै मेयर महतले यसवर्ष मेला रोक्ने चेतावनी दिएको समाचार आजको प्रदेश दैनिकले प्राथमिकताको साथ छापेको छ । मकवानपुर उद्योग वाणिज्य संघले आगामी पुस २६ गतेदेखि माघ ६ गतेसम्म गर्ने भनिएको मेलाको बारेमा आयोजित छलफलमा मेयरले मेलामा स्थानीय सामाग्री र उत्पादनको प्रवद्र्धन गर्ने भए मात्र अनुमति दिने बताए ।
मेलामा हुने खेल तथा मनोरञ्जनबाट बढी पैसा उठ्ने र त्यो पैसा सबै देशबाहिर जाने गरेको भन्दै मेयरले त्यस्तो मेलाले कसैलाई फाइदा नपुग्ने बताए ।
आजको समृद्ध समाज दैनिकले पुननिर्माण प्राधिकरणप्रति जनप्रतिनिधि आक्रोशित भएको समाचार छापेको छ । मकवानपुरका स्थानीय तहका जनप्रतिनिधिहरु राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यशैलीप्रति आक्रोशित भएका हुन् ।
पालिकास्तरीय पुननिर्माण सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागीले प्राधिकरणको आलोचना गरेका हुन् । गाउँमा रहेका समस्या सहरमा बसेर मूल्यांकन गर्न नहुनेमा उनीहरुको जोड थियो ।
त्यस्तै आजको साझाकुरामा फास्ट ट्रयाक बनाउन सेनाले काटेको काठ कुहिन थालेको समाचार छापेको छ । सेनाले मकवानपुर क्षेत्रमा काटिएको काठ हेटौंडा–१८ र बकैया ५ का स्थानीय सामुदायिक वनलाई काठ हस्तान्तरण गरेको ६ महिना बितिसक्दा पनि लिलाम बिक्री नगरिँदा काठ कुहिन थालेको छ ।
जिल्ला वन कार्यालयले लिलाम बिक्रीको लागि कुनै पहल नगरेको वडा अध्यक्षको आरोप छ ।
आजको हेटौंडा सन्देश दैनिकले पुराना नीतिले परिवर्तन नहुने कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलको भनाइलाई छापेको छ । पोखरेलले पुराना बिधि, नीति तथा अभ्यासका अड्चनलाई नबदली देशमा परिवर्तन सम्भव नभएको बताए ।
मकवानपुरको भीमफेदीमा रहेको महेन्द्र माविको हिरक महोत्सव तथा नवनिर्मित भवन उद्घाटन गर्न पोखरेल मकवानपुर आएका हुन् ।
हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ