स्थानीय पत्रपत्रिकाः चाडबाड लाग्यो ठगिनुहोला, यात्रामा ठगिए तुरुन्त उजुर गर्नूस्
गुगलपाटी संवाददाताहेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक प्रसङ्गलाई मुख्य समाचार बनाएर छापेको छ । आजका पत्रिकाहरुले महिला उद्यमी संघ मकवानपुर गठन, प्रेस युनियनको अध्यक्षमा अधिकारी, उपत्यकाबाट मोटरसाइकल हराउने क्रम बढेको र हेटौंडामा भेटिने गरेको, प्रदेश सभा असोज १९ गते बस्नेलगायतका समाचार प्राथमिकताका साथ छापेका छन् ।
यात्रामा ठगिए तुरुन्त उजुर गर्नूस्
दशैं तिहार तथा छठपर्वका समयमा सवारी साधनको प्रयोग गर्ने यात्रुको संख्या निकै बढ्ने हुँदा ठगिने समस्या पनि उत्तिकै हुने गर्छ ।
यात्रुको चाप बढेसँगै बढी भाडा लिने, ललाी गर्ने तथा अनावश्यक दुख दिने प्रवृतिलाई न्यूनीकरण गर्न प्रहरीले सक्रियता देखाएको छ । दशैं आउन केही हप्ता बाँकी रहँदा आम सर्वसाधारणको सेवाको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले नागरिक सहायता कक्ष स्थापना गरेको छ ।
हेटौंडा बसपार्क र चौकीटोलमा गरी दुई स्थानमा नागरिक सहायता कक्ष हिजो मंगलबारबाट सुरु भएको छ । यात्रा गर्दा राजमार्गमा हुने चोरी डकैती, लुटपाट तथा ठगीका घटना न्युनीकरण गर्न सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।
कुनै समस्या परे नागरिक सहायता कक्षमा तुरुन्त उजुर गर्न सकिनेछ । त्यसको समाधान कक्षमा बसेका प्रहरी र यातायात व्यवसायीका प्रतिनिधिले गर्नेछन् । आजको साझाकुरा दैनिकमा समाचार छापिएको छ ।
त्यस्तै आजको हेटौंडा सन्देश दैनिकले काठमाडौं उपत्यकाबाट मोटरसाइकल हराउने क्रम बढेको र ती मोटरसाइकलहरु हेटौंडामा फेला पारी प्रहरीले सम्बन्धित धनीलाई बुझाउने क्रम बढेको समाचार छापेको छ ।
उपत्यकाबाट मोटरसाइकल चोरी गर्ने अनि काठमाडौं उपत्यका आसपासका जिल्लामाहरुमा पु¥याई चलाउने उद्देश्यले गिरोह नै सक्रिय भएको छ । यसको नियन्त्रणको लागि ट्राफिक प्रहरी सचेत बनिरहको ट्राफिक महाशाखा प्रमुख एसएसपी बसन्त पुनले जानकारी दिए ।
त्यस्तै आजको समृद्ध समाज दैनिकले असोज १९ गते ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक बस्ने समाचार छापेको छ । असोज २ गते बसेर स्थगित भएको बैठक १९ गते बस्न लागेको हो ।
संसदको बैठक निश्चित भइसक्दा हाल एक मात्र विधेयक बैठकमा पेश गर्ने तयारी रहेको छ । भौतिक पूर्वाधार मन्त्रालयले आफ्नो मन्त्रालयको पहिलो विधेयक प्रस्तुत गर्दैछ ।
हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ