गुम्बा पुनर्निर्माणको बजेट दशैं अघि आउने

गुगलपाटी संवाददाता हेटौंडा,१० असोज
१० आश्विन २०७५ ०५:३६

गुम्बा विहार पुनर्निर्माणको बजेट दशैं अघि आउने भएको छ । गुम्बा विहार संघ मकवानपुरका अध्यक्ष निरु थिङले करिव ४ वर्षदेखि विनियोजन भएर रोकिरहेको बजेट दशैं अघि सम्बन्धीत क्षतिग्रस्त गुम्बा समितिले प्राप्त गर्ने जानकारी दिएको छ ।

गुम्बा विहार संघका अनुसार पुनर्निर्माण गरिनुपर्ने गुम्बालाई क्षेतिका आधारमा ५ भागमा वर्गिकरण गरिएको जनाएको छ । १, २ र ३ नम्बर वर्गिकरणमा परेका गुम्बाहरु सामान्य क्षति अन्तर्गत पर्ने र बाँकी ५ र ६ नम्बर वर्गिकरणमा पर्ने गुम्बा विहारहरु पूर्ण क्षति अन्तर्गत राखिएको संघले जनाएको छ । सहयोग रकम सोहि वर्गिकरण अनुसार निर्धारण गरिएको अध्यक्ष थिङले जानकारी दिए । लामो समयदेखि सरकारले रोकिराखेको आर्थिक सहयोग प्राप्त भएसँगै पुनर्निर्माणको काम यथाशक्य छिटो अघि बढ्ने संघले जनाएको छ ।

यसैबीच गुम्बा विहार संघ मकवानपुरको मंगलबार बसेको बैठकले आफ्नो संगठनलाई मकवानपुरका सम्पूर्ण गाउँपालिका र नगरपालिकामा विस्तार गर्ने निर्णय गरेको छ । यससँगै बौद्ध दर्शन र शिक्षा प्रवद्र्धनमा सहयोग पुग्ने संघको विश्वास रहेको छ ।