रुख काटे हत्यारा : सांसद खतिवडा
गुगलपाटी संवाददाता हेटौंडा,१० असोज
नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाममा पूर्वाधार विना नै रुख कटान गर्न हतार गरिएको भन्दै आपत्ति जनाउनु भएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद खतिवडाले विमानस्थलको डिपीआर तयार नहुदै रुख काट्न नहुने बताउनु भयो । ‘निर्माण लागत, खर्च कसले व्यहोर्ने टुंगो छैन, रुख काट्न हतार रु दौरा न सौराको खल्ती भनेको यही हो’ उहाँले भन्नुभयो, ‘ रुख चाही अहिले काटेर बेचिहाल्ने । अहिलेको आधुनिक युगमा सबैसंग सम्झौता गर्नुहोस् दुई महिनामा ती सग्ला रुखहरु त्यहाबाट हटाईदिन म सक्छु । लाज भन्ने कुरो हुदैन अलिकति रु शरम हुदैन रु दिन दहाडै डाँकागिरी रु म खबरदारी गर्छु । सम्झौता र लगानीकर्ताकोे अन्तिम टुंगो नहुन्जे र डिपिआर तयार नहुन्जेल जस्ले त्यो रुखमा हात हाल्छ । त्यो हत्यारा ठहर्छ ।’
सांसद खतिवडाले निर्मला पन्तको हत्या छानविन गर्न आयोगको प्रतिवेदन आउनुपर्छ भन्नु लज्जास्पद भएको भन्दै गम्भीर आपत्ति जनाउनुभयो । उहाँ भन्नुभयो ‘हरेक घटनामा आयोग बनाउनुपर्छ भने राज्यको स्थायी संयन्त्रलाई तलब खुवाएर किन पालेको रु मुख देखाएर हिड्न लाज हुने अवस्था छ ।’
चिनी माफियाले उखु किसानको पैसा भुक्तानी गर्ने नाममा चिनी आयात रोकेर खुलमखुला चिनीमा कालोबजारी गरेको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।