हेटौंडाको कमानेमा पुरुषद्वारा पुरुषमाथि बलात्कार !

गुगलपाटी संवाददाता हेटौंडा,१० असोज
१० आश्विन २०७५ १३:५३

देशभर बालिका तथा महिला बलात्कारको घटना सार्वजनिक भइरहदा मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ८ मा भने अनौंठा घटना भएको छ ।
कमानेको मनकामना चोक नजिकका करिब ३० बर्षीय सुष्त मनस्थितिका एक युवकलाई कमानेकै करिब ६० बर्षीय केशव सिम्खडाले बलात्कार गरेको पीडित पक्षको आरोप रहेको छ । सिम्खडाले मंगलबार दिउँसो मनकामना चोक नजिक ती युवकलाई यौन दुृब्र्यवहार गरेको स्थानीयले एक महिलाले देखेपछि घटना सार्वजनिक भएको हो । महिलाले देखेपछि तुरुन्त होहल्ला भएपछि चोकमा उपस्थिति महिलाहरुले सिम्खडालाई कालो मोसो दलेर घाउ घुमाएको र पछि इलाका प्रहरी कार्यालय पशुपतिले सिम्खडालाई नियन्त्रणमा लिएको हो ।
मानसिक रुपमा ठीक नभएका ती युवकलाई यौन दुब्र्यवहार गर्ने सिम्खडालाई भने प्रहरीले बुधबार छाडेको छ । यौन दुब्र्यवहारको आरोपमा प्रहरीले पीडकलाई छाडेपछि पीडित पक्ष झनै मारमा परेका छन्। उनीहरुले सिम्खडा गलत नियत र गलत ब्यक्ति भएका कारण झनै असुरक्षाको महसुस आफूहरुले गरिरहेको बताएका छन्।
किन छाड्यो प्रहरीले
यस बिषयमा शुरुमा गुगलपाटीले मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ्गसँगा बुझ्ना उनले यस बिषयमा आफूलाई केही थाहा नभएको बताए । उनले जिल्लामा कुनै जानकारी पनि नआएको र प्रहरीले कसैलाई पक्राउ पनि नगरेको बताए । फेरि हामीले तपाइकै माताहतको पशुपतिनगरको प्रहरीले पक्राउ गरी छाडेको भएपछि उनले झनै अनबिज्ञता जनाए ।
पछि इलाका प्रहरी कार्यालय पशुपतिका प्रहरी निरीक्षक अनुपजजंग रायमाझीसँग बुझ्दा उनले सिम्खडा छुटिसकेको प्रतिकृया दिए । उनले गाउलेहरुले एक पटकलाई छाडिदिन आग्रह गरेपछि आफूले छाडेको बताए । घटना सामान्य भएको र सिम्खडाबाट कोही बलात्कृत भएको नपाइएका कारण उनलाई छाडिएको उनले दाबी गरे ।
राजनीतिक रङ्ग
पक्राउ परेका सिम्खडाको ब्यक्तिगत आचरण ठीक नभएको छिमेकीहरुले नै बताएका छन् । उनले घरमा समेत मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको स्थानीयहरुले गुगलपाटीलाई बताए । यद्यपी सिम्खडालाई छुटाउनका लागि कमानेका केही राजनीतिक दलका नेताहरुले भूमिका निर्वाह गरेको पीडित परिवारको भानाइ छ । पीडित पक्ष आर्थिक रुपमा कमजोर भएका कारण उनीहरुलाई दबाब र प्रभावमा पारेर घटना थामथुम बनाइएको हो ।
महिलालाई फसाउने धम्की
मंगलबार घटना भए लगत्तै रंगेहात पक्राउ परेका सिम्खडालाई मनकामना टोलका महिलाहरुले नियन्त्रणमा लिए । उनीहरुले आक्रोशमा आएर सिम्खडालाई पनि दुब्र्यवहार गरे । बुधबार प्रहरी कार्यालयमा सिम्खडा पक्षधरका ब्यक्तिहरुले महिलाहरुलाई उल्टै दुब्र्यवहार गरेको आरोपमा उजुरी गर्ने धम्की दिएपछि महिलाहरु एक कदम पछि हटेपछि उनलाई छुटाउन सजिलो भएको स्थानीय कमानेका अगुवाहरुले बताएका छन् । महिलाहरुमाथि केही दलका नेता नै खनिएपछि उनीहरु एक कदमपछि हटेपछि प्रहरी मिलापत्रमा पुगेको बताइएको छ ।