निर्माण व्यवसायी संघमा ढकालद्वारा उम्मेदवारी घोषणा
गुगलपाटी संवाददाता हेटौंडा,१० असोजनिर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षका लागि वर्तमान महासचिव श्यामसुन्दर ढकालले आज हेटौंडामा पत्रकार सम्मेलन मार्फत उम्मेद्वारी घोषणा गरेका छन् ।
संघको आगामी आश्विन १२ र १३ गते हुने २१ औं बार्षिक साधारण सभा तथा अबिधेशनबाट बन्ने नयाँ कार्यसमितिका लागि ढकालले उम्मेद्वारी दिएका हुन् । निर्माण व्यवसायी हित र सामाजिक उत्तरदायित्व सहितको निर्माण व्यवसायी संघको परिकल्पना नै आफ्नो कार्य योजना रहेको ढकालले बताएका छन् ।
३ बर्षे कार्यकाल रहने व्यवस्था रहेको संघको नयाँ कार्यसमितिका लागि ढकालसँगै बरिष्ठ उपाध्यक्षमा बालगोपाल कँडेल, द्वितीय उपाध्यक्षमा सागर भट्टराई, तृतीय उपाध्यक्षमा बुद्धिराम डिमडुङ, महासचिवमा बालकुमार मल्लले समेत आ–आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । हाल ४ सय ६५ जना मतदाता रहेको संघमा २ जना मनोनित सदस्य सहित २१ जनाको कार्यसमिति रहने व्यवस्था रहेको छ ।