खल्तीबाट चिट निकालेर परियोजनाका लागि वजेट विनियोजन हुँदैन–मुख्यमन्त्री पौडेल

गुगलपाटी संवाददाता हेटौंडा, १० असोज
१० आश्विन २०७५ १४:५२

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले खल्तीबाट चिट निकालेर परियोजनाका लागि बजेट विनियोजन हुने परिपाटिको अन्त्य हुने बताउनुभएको छ । यसअ अघि परियोजनाको छलफल नै नगरी बजेट विनियोजन हुने गरेको भन्दै यसलाई सुधार गरिने उहाँको भनाई थियो ।

३ नम्बर प्रदेशका मुख्यमन्त्री एबम् नीति तथा योजना आयोगका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले मुख्यगरी प्रदेशका गौरबका आयोजनाहरुलाई प्राथमिकता दिने भएको छ । ३ नम्बर प्रदेशको प्रदेश नीति तथा योजना आयोगनले परियोजना बैंक निर्माण प्रक्रियालाई तिब्रता दिने भएको छ ।

महत्वपूर्ण योजनाहरुलाई परियोजना बैंकमा राखेर छलफल गरिने मुख्यमन्त्री पौडेलले बताउनुभयो । योजनाहरुको पूर्व तयारी भएपछि विकास निर्माणका काम सुरु गर्न सजिलो हुने उहाँको भनाई थियो । यसैगरी आगामी बर्षहरुमा सञ्चालन गरिने अधिकांस योजनाहरुलार्य परियोजना बैंकमा समाबेश गरीने जनाईएको छ । परीयोजना बैंक निर्माणका लागि आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाको अध्यक्षतामा तीन सदस्यीय प्राविधिक समित बनाउने निर्णय गरेको छ ।

समितिले आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, संस्थागत, दृष्टिकोणले उपर्युक्त परियोजनाको आधारहरु पहिचान गर्ने लगायतका कार्यहरु गर्ने उपाध्यक्ष डा. देवकोटाले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षको बजेट तयार गर्दा परियोजना बैंकबाट आएका परियोजनाहरुलाई मात्र छनोट गर्ने निर्णय भएको डा. देबकोटाले बताउनुभयो । यसैगरी यथासक्य मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश विकास परिषद पनि गठन गर्ने निर्णय गरिएको छ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, प्रमुख सचिब आनन्दराज ढकाल, नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, आर्थिक मामिला तथा योजना मन्त्रालका सचिब केवल भण्डारी सहभागि हुनुहुन्थ्यो ।

यसैगरी बुधबार नै नीति तथा योजना आयोगका आधिकारीक वेव साईटको पनि सुरुवाता गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले धधध।उउउअ।उघ।नयख।लउ को उद्घाटन गर्नुभएको हो ।