बीरेन्द्रले बजारमा ल्याए ‘लिङगे पिङ’ (भिडियो सहित)
गुगलपाटी संवाददाता हेटौंडागोरखाका लोक गायक बीरेन्द्र ढकालले दशैं गत बजारमा ल्याएका छन्।
ब्लोसम मिडिया प्रालीको प्रस्तुतीमा गायक देव उपाध्यय र गायिका देवी घर्ती मगरको आवाजमा दशैँ गीत ‘ लिङगे पिङ’ रहेको गीतको भिडियो बजारमा आएको हो । दशैँको समयमा प्रेमी र प्रेमिका विचमा हुने मनोभावलाई गीतमा गीतमा समेटिएको छ ।
ढकालको शब्द तथा बद्री पाठकको लय सिर्जना गीतमा रहेको छ । बविता श्रेष्ठको निर्देशन , मुकेश हुमागाईँको छायाँकन , अविनास डिसीको सम्पादन रहेको छ । गीतमा सुमन , अञ्जना , कविता , प्रदिपको सर्वोकृष्ट अभिनय रहेको छ । यसअघिका गीत जस्तै यो गीतले पनि सफलता हासिल गर्नेमा आफू बिश्वस्त रहेको ढकालको भनाइ छ।
हेर्नुस् भिडियो