कर्रामा रहेको श्रमिक माविमा बन्ने भो भवन
गुगलपाटी संवाददाता हेटौंडा,११ असोजहेटौंडा उपमहानगरपालिका–४, कर्रामा रहेको श्रमिक माविमा १३ कोठे भवन बन्ने भएको छ ।
३ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बिहीबार एक कार्यक्रमबीच भवनको शिलान्यास गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रलाल रिजालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि रहेका सामाजिक विकास मन्त्री युवराज दुलालले भवन शिलान्यास गरेका थिए । कार्यक्रममा ३ नम्बर प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु), शिक्षा विकास तथा समन्वय इकाई संयोजक कृष्ण घिमिरे, ४ नम्बर वडाध्यक्ष नविन सिग्देल, ७ नम्बर वडाध्यक्ष राजन थापा, नेपाली कांग्रेसका प्रवक्ता प्रदिप कोईराला, रामकृष्ण थापा, राजेन्द्र बस्ताकोटी, हरिप्रसाद पौडेल लगायत अतिथि तथा स्थानीय अभिभावक, बुद्धिजीवि, शिक्षक, विद्यार्थीहरुको उपस्थिति रहको थियो ।
भवन शिलान्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चतुर्भुज उपाध्यायले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सामाजिक विकासमन्त्री दुलाल, शिक्षा विकास तथा समन्वय इकाई संयोजक कृष्ण घिमिरे, वडा अध्यक्ष नविन सिग्देल, सभासद प्रेमबहादुर पुलामी र कांग्रेस प्रवक्ता प्रदिप कोइरालाले शुभकामना मन्तव्य व्यक्त गरे । सो निर्माणाधीन १३ कोठे भवन जाईकाको पूर्ण सहयोगमा निर्माण भइरहेको विद्यालयका विमल टोनीले जानकारी दिए ।