मनहरीमा बिधुतको समस्या सल्टियो

जयराम मोक्तान मनहरी,११ असोज
११ आश्विन २०७५ १३:४०

मनहरी गाउँपालिका वडा नम्बर २ कोे बिद्युत भोल्टेज कम हुने समस्याको समाधान भएको छ ।
२ नम्बर वडा अध्यक्ष बिर बहादुर घलानको बिषेश पहलमा ठाडोखोलामा ५० केभीको ट्रान्सफर्मर जडान गरेसंगै भोल्टेज कम हुने समस्या समाधान भएको हो । यो भन्दा पहिला ५० केभीको ट्रान्सफर्मर ४ सय भन्दा बढी घरघुरीलाई बिद्युत बितरण गरिएको थियो । ।तर हालै मात्र राखीएको ट्रान्सफर्मर २ सय घर धुरिलाईलाई मात्र बिद्युत बितरण गरिए संगै बिगतको समस्याको समाधान भएको हो ।
विगत लामो समय देखी उक्त स्थानको स्थानियहरुको घरमा रहेका बिद्युतीय सामाग्रीहरु राम्ररी प्रयोग गर्न पाइरहेका थिएनन् । बिद्युतको भोल्टेज पुगे पछि त्यहा स्थानियहरुले हाल मिल फ्रीज तथा पङखा तथा अन्य बिद्युतीया सामागीहरु सहजरुपमा प्रयोग गर्न पाएकोमा हर्षित छन् ।