१० रुपैयाँको लोभ देखाएर श्रीयाको बलात्कार

गुगलपाटी संवाददाता
१२ आश्विन २०७५ ०१:५१

पोखरी महानगरपालिका २२ पुम्दीभुम्दीस्थित कोदीमा बस्ने १० बर्षीया श्रीया सुनारलाई दस रुपैयाँको लोभ देखाएर बलात्कारपछि हतया भएको छ ।

सोमबार साँझ साढे ५ बजेदेखि हराएकी श्रीयालाई स्थानीयले मंगलबार विहान ८ बजेतिर कोदीस्थित भिरालो जंगलमा मृतावस्थामा फेला पारेका थिए ।
श्रीयाको शारीरिक अवस्था, टाउकोमा लागेको चोट तथा शरीरका लुगाको अवस्था हेर्दा स्थानीयले बलात्कारपछि हत्या भएको आशंका गरेका थिए ।
विस्कुट किन्न भनी ५ रुपैयाँ लिएर पसल हिँडेकी श्रीया त्यसपछि घर फर्किनन् ।
रातिसम्म नै स्थानीयले उनको खोजी गरे पनि भेटेनन् ।
मंगलबार विहान कोदीमा नै बरालहरुको कुल मन्दिरको पुर्वी भागको भिरालो जमिनमा उनी मृतावस्थामा फेला परेकी थिइन् ।
बलत्कार गरी हत्या गर्ने पौडेल श्रीयाको श्रीयाको छिमेकी हुन् । उनले स्थानीय भट्टीमा रक्सी पिए ।
त्यसपछि बाँकी रहेको रक्सी बोकेर साथीको घरमा पुगे र पिउन थाले ।
त्यहाँबाट उनी चुरोट किन्न पसलतर्फ लागे ।

सोही समयमा श्रीया एक्लै तल झर्दै गरेको उनले देखे ।
पौडेलले बालिकालाइ चकलेछ खाउ भनि पाँच रुपैयाँ दिए ।
मन्दिरदेखि १० मिटर तल पुरानो घर र पानीट्याँकी बीचमा पौडेलले श्रीयालाई बोलाएर १० रुपैयाँ दिर्य जर्बजस्ती गर्न खोजे । बालिकाले प्रतिकार गर्न खोजेपछि पानीट्याँकीमुनिको झाडीमा फालिदिए ।, आजको नागरिकदैनिकमा यो खबर छ ।