हेटौंडा उपमहानगरपालिकाले गर्यो पत्रकार सम्मेलन ,मेयरले यसो भने

गुगलपाटी संवाददाता हेटौंडा,१२ असोज
१२ आश्विन २०७५ १२:०५

हेटौंडा उपमहानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्नो कार्यालयले गरेको गतिबिधिहरु सार्वजनिक गरेको छ ।
उसले गत आर्थिक वर्ष २०७४÷७५ मा कुल बजेटेको ८८ दशमलव ३९ प्रतिशत रकम खर्च गरेको जनाएको हो । हेटौंडा उपमहानगरपालिकाले एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आम्दानी भएकोमा एक अर्ब १५ करोड ९३ लाख रुपैयाँ खर्च भएको जानकारी दिएको छ । उपमहानगरपालिकाले यस अवधिमा चालुतर्फ ३१ करोड २० लाख दश हजार रुपैयाँ र पूँजिगततर्फ ८३ करोड ८९ २४ हजार रुपैयाँ खर्च भएको नगर प्रमुख हरि बहादुर महतले बताए ।

गत आर्थिक वर्ष २०७४÷७५ मा हेटौंडा उपमहानगरपालिकाले १७ करोड रुपैयाँ आन्तरिक आय गरेको थियो । यस वर्ष करिब २५ करोड आन्तरिक आम्दानी हुने अनुमान गरिएको छ ।चालु आर्थिक वर्षको लागि उपमहानरपालिकाले एक अर्ब ६३ करोड रुपैयाँ बिनियोजन गरेको छ । हेटौंडाको साविकको वडामा थपिएका अन्य वडाहरुको समान विकास अहिले चुनौतीको विषय रहेको नगर प्रमुख महतले बताए । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको दुई महिनामा हेटौंडाको सुमो काउण्टहरु ब्यवस्थित गरी एकीकृत काउण्टर सञ्चाल र बजारको मुख्य राजमार्गमा ट्राफिक ब्यवस्थापनको काम गरेको नगर प्रमुख महले जानकारी दिएको छ ।