स्थानीय पत्रपत्रिकाः सुरुङमार्गलाई फास्ट्रयाकमा जोड्ने प्रदेश सरकारको योजना
गुगलपाटी संवाददाताहेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक हेटौंडा उपमहानगरपालिकाको गत आर्थिक वर्षको गतिविधि, निर्माण व्यवसायी संघका हिजोबाट सुरु भएको साधारणसभाको प्रसङ्ग, प्रदेश सरकारले सुरुङमार्ग निर्माणको लागि तयारी थालेको विषयालाई प्रमुखताका साथ छापेका छन् ।
सुरुङमार्गलाई फास्ट्रयाकमा जोड्ने योजना
बहुचर्चित हेटौंडा कुलेखानी काठमाडौं सुरुङमार्ग निर्माण कम खर्चमा सम्पन गर्नका लागि प्रदेश नम्बर ३ को सरकारले नयाँ योजना अघि सारेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले कम खर्चमा निर्माण सम्पन्न गर्न सुरुङमार्ग फास्टट्रयाकमा जोड्ने योजना रहेको बताए । उनले तराई काठमाडौं जोड्ने फास्टट्रयाक बागमती दोभान हुँदै जाने हुँदा सुरुङमार्गलाई त्यहाँ जोड्न सकिने योजना रहेको जानकारी दिउ । सुरुङमार्ग भीमफेदीबाट सिस्नेरीसम्म् ३ दशमलव ५ किलोमिटर हुनेछ ।
सिस्नेरीबाट दोभानसम्म ४ किलोमिटर सडक निर्माण गरी फास्ट ट्रयाकसँग जोड्ने योजना रहेको बताएको छ । आजको हेटौंडा सन्देश दैनिकले समाचार छापेको छ ।
त्यस्तै आजको साझाकुरा दैनिकले उपमहानगरले भ्युटावरसहितको सपिङ कम्प्लेक्स बनाउने भन्ने समाचरा छापेको छ । हेटौंडा बसपार्कमा उपमहानगरले भ्यु टावरसहितको सपिङ कम्प्लेक्स बनाउने महत्वकांक्षी योजना बताएको । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताइएको हो ।
त्यस्तै समृद्ध समाज दैनिकले उपमहानगरको गत वर्षको खर्च एक अर्ब १५ करोड भन्ने समाचार छापेको छ । गत आर्थिक वर्ष २०७४/७५ मा उपमहानगरले अनुमानित खर्चभन्दा ११ प्रतिशत कम खर्च गरेको छ । उपमहानगरले शुक्रबार कार्यप्रगती विरवरण सार्वजनिक गरेको हो ।
आजको प्रदेश दैनिकले निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको भनाइलाई छापेको छ । महासंघका अध्यक्ष सिंहले शुक्रबार निर्माण व्यवसायी संघको साधारणसभालाई उद्घाटन गर्दै निर्माण व्यवसायीलाई काम गर्ने वतावरण भए १० वर्षभित्र नेपाललाई विकसित मुलुक बनाउन सकिने बताए ।
हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ