मान्छे खाने बाघ नियन्त्रणमा
गुगलपाटी संवाददाता (मनहरी)मकवानपपुर,चैत्र १३दुई दिनको लगातार प्रयासपछि मकवानपुरको मनहरी ७ स्थित पुरानो प्रतापुरबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत प्रतापपुरमा गोली मार्फत लट्याउने सुई हानेर बाघलाई बहेस बनाई आज साँझ नियन्त्रणमा लिएको मध्यवर्ती उपभोक्ता समिति मनहरीका अध्यक्ष पदम तितुङले बताए ।
बेहोस बनाइएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्ज पठाइएको छ । ‘जंगलमा छाड्दा अरु मान्छेलाई आक्रमण गर्न सक्ने भएकाले निकुञ्जको नियन्त्रणमा राख्न पठाइएको हो’, उनले भने ।
उक्त बाघको आक्रमणमा परी मनहरी ७ की ४१ वर्षीय सरस्वती बर्तौलाको सोमबार निधन भएको थियो । नेपाल आर्मी, प्रहरी, चितवन र पर्सा राष्ट्रिय निकुञ्जको टोली र स्थानीयबासीहरुले दुई दिन लगाएर बाघलाई नियन्त्रणमा लिएको हो । बाघले मान्छेलाई आक्रमण गरेपछि मनहरी आसपासकाका स्थानीयमा त्रास फैलिएको थियो ।