आशिष मानन्धर स्मृति नृत्यमा सोलिड्यारिटी प्रथम
गुगलपाटी संवाददाता हेटौंडा,१३ असोज
मकवानपुरको हेटौंडामा भएको आशिष मानन्धर स्मृति नृत्य प्रतियोगितामा १६ वटा विद्यालयलाई पछि पार्दै सोलिड्यारिटीले प्रथम भएको छ ।सोलिड्यारिटी इन्टरनेशनल बोर्डिङ स्कूलका विद्यार्थीले प्रस्तुत गरेको घाँटु नाँच अब्बल लोक नृत्यमा अब्बल ठहरिपछि उसले प्रथम पुरस्कार प्राप्त गरेको हो । यसैगरी हरियारहोली नाँच प्रस्तुत गरेको तुल्सी मेहर सेकेण्डरी बोर्डिङ स्कूल दोस्रो हुदाँ तामाङ सेलो प्रस्तुत गरेको कमाने एकेडेमी तृतीय भए ।
प्रतियोगितामा कौँडा नाँच प्रस्तुत गरेको सत्यम जेभियर्स र तामाङ सेलो प्रस्तुत गरेको चन्द्रोदय माध्यमिक विद्यालयल सान्त्वना हुन सफल भयो । हेटौँडा ४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत भएको नवोदय प्रथम अन्तरविद्यालय लोक नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयलाई विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पुरनबहादुर जोशीले क्रमश नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्रदान गरीएको थियो । यसैगरी सान्त्वना भएको विद्यालयलाई नगद ७ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेको थियो ।
जिल्लामा रहेको ३ वटा सरकारी तथा १४ वटा नीजि विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा मारुनी, तमाङ सेलो, नेवारी, कौँडा, घाँटु, मगरलगायतको नृत्य प्रस्तुत गरेको थियो । प्रतियोगिता कार्यक्रम संयोजक दिलिप लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन मकवानपुरका अध्यक्ष मदनकुमार दहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नवोदय विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले प्रतियोगिताले नेपालमा लोप हुन लागेको सँस्कृतिलाई संंरक्षण गर्ने रहेको बताए । कार्यक्रममा बोल्दै विद्यालयका प्रशासन प्रमुख सुरज बर्तौलाले विद्यालयका डान्स शिक्षक आशिष मानन्धरको इच्छा मूर्तरुप दिनको लागि प्रतियोगिता आयोजना गरेको बताए ।पहिलो पटक आयोजना गरेको नृत्य प्रतियोगितालाई हरेक वर्ष सञ्चालन गरीने उनले बताए । प्रतियोगितामा निर्णायक रहेका मकवानपुरका संगीतकार आशाकाजी श्रेष्ठले जिल्लामा रहेका अन्य जातजातीको नृत्य प्रस्तुत नहुँदा गुनासो व्यक्त गरेका थिए । उनले सँस्कृतिलाई संरक्षण गर्नका निम्ति स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने बताए । प्रतियोगिताको निर्णायकमा श्रेष्ठ, सञ्जयराम उपाध्याय र सर्मिला महर्जन रहेका थिए ।