स्थानीय पत्रपत्रिकाः हेटौंडा हुँदै जाने भो पेट्रोलियम पाइपलाइन

गुगलपाटी संवाददाता
१४ आश्विन २०७५ ०१:१५

हेटौंडाबाट प्रकाशित हुने दुईवटा दैनिक पत्रिका हामीलाई प्राप्त भएको छ । दुई पत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् ।

आजका स्थानीय पत्रिकामा पेट्रोलियम पाइपलाइन हेटौंडा हुँदै, टिष्टुङ महोत्सवलाई छिमेकीको साथ, निर्माण व्यवसायी संघको महासचिवमा मल्ल विजयी, मर्निङ वाक गरेर मनाइयो प्रदेश राजधानीमा मुटु दिवस, उत्पादनमुखी काममा लगानी गर्न सहकारीलाई मन्त्रीको आग्रहलगायतको समाचार प्राथमिकताको साथ छापिएको छ ।

हेटौंडा हुँदै पेट्रोलियम पाइपलाइन

नेपाल–भारत पेट्रोलियम पाइपलाइन थप ६१ किलोमिटर विस्तार गर्न भारत सकारात्मक देखिएको छ । शुक्रबार भएको नेपाल भारत मन्त्रीस्तरीय छलफलमा भारतको मोतिहारीदेखि मकवानपुर हुँदै चितवनसम्म ल्याउन छलफल भएको हो ।

शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव, भारतीय प्राकृतिक ग्यास तथा पेट्रलियम मन्त्री धर्मेन्द्र प्रधानबीच पेट्रोलियम पाइपलाइल विस्तार गर्ने विषयमा छलफल हुँदा भारतीय पक्षले प्राविधिक तथा व्यवस्थापकीय पाटोमा सहयोग गर्न तयार रहेको जनाएको हो । आजको हेटौंडा सन्देश दैनिकमा खबर छापिएको छ ।

आजको साझाकुरा दैनिकमा मर्निवाक गरेर विश्व मुटु दिवस मनाइएको समाचार छापेको छ । ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा शनिबार मर्निङ वाक गरेर विश्व मुटु दिवस मनाइएको छ ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रमा करिब ४ सयभन्दा बढीको सहभागिता रहेको थियो । मुटु बचाउने बारे प्रवचन तथा रक्तचापसमेत जाँच गरिएको थियो ।

हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ