तुलसी गिरी न डाक्टर न बैद्य तर रोग निको हुन्छ अवश्य
गुगलपाटी संवाददाता हेटौंडा,१५ असोजहेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ कि बिमला दोङ करिब ६ महिना अघि लगभग मृत्युको मुखमा पुगिसकेकी थिइन् । उनी एकै पटक मृगौला र बाथ रोगका कारण थला परिन् । उनलाई चिकित्सकहरुले औषधी पनि गरे शुरुमा त्यो दबाइले काम गरे जस्तो भएपनि पछि काम गरेन ।
पछि उनी हेटौंडाको बुद्धचोकमा रहेको संजिवनी ग्योबल बुटिकका संचालक तुलसी गिरी कहाँ गइन् जो बिगत २५ बर्षदेखि आर्युवेदिक उपचारको खोज तथा अनुसंधानमा संलग्न छन् । २०६९ सालबाट हेटौंडा उनले संजिवनी स्थापना गरेपछि बिलम जस्ता धेरै बिरामीहरुको रोग निको पारेका छन् । गिरीले एकसय भन्दा बढी बिरामीहरुको ज्यान बचाएका छन्। उनी नत डाक्टर नै हुन् नत बैद्य नै हुन् तर उनको परामर्स र उपचार प्रद्यतिका कारण धेरैको जटिल रोग निको भएको उदाहरण गिरी सँग छ ।
क्यान्सर,मुटुका रोगी,मृगौलाका रोगीहरुको समेत उनले तयार पारेको जडिबुटीको औषधीबाट रोग निको भएको प्रशस्त उदाहरण गिरी सँग छ । उनै आफै भन्छन् “ म डाक्टर पनि होइन बैद्य पनि होइन तर मैले गरेको उपचारबाट धेरैको ज्यान बचाउन पाउदा गर्वले छात्ती फुल्छ ।”पुनः जीवन पाएकाहरुले उनलाई असाध्यै मान्छन् । गिरीले एउटा पुस्तक निकाल्ने तयारी गरिरहेका छन् । उनले सो पुस्तकमा संजिवनीको सेवाबाट जीवन पाएकाहरुको नाउ सहित ठेगाना र रोग समेत उल्लेख गर्दैछन् । उनको त्यो लिष्टमा रोग निको हुनेको संख्या लामो छ ।
कसरी भयो संजिवनी अमृत ?
कुनैपनि बिरामीका लागि रोग निको बनाउने कुरा नै अमृत हुन्छ । औषधीको रुपमा प्रयोग गरिने बस्तुले रोग निको भएपछि बिरामीका लागि त्यही नै अमृत हो । संजिवनी धेरै बिरामीका लागि अमृत भएको छ । २०६९ सालमा स्थापना भएको संजिवनी हाल हेटौंडाको बुद्धचोक नजिक संचालित छ । संजिवनीमा नेपालकै भीरपाखा पखेराहरुमा पाइने जडिबुटीबाट बनाइएका औषधीहरु पाइन्छन् । सबै प्रकारका रोगहरुको निदान गर्ने औषधी यसमा छ । मानिसले सबैभन्दा बढी प्रयोग गर्ने चिया को शैली समेत परिवर्तन गर्ने बानी संजिवनीका संचालक गिरीले गर्न खोजेका छन् । उनले आफूले बनाएको ग्रिन टी मात्रै खुवाउने गर्दछन् जुन स्वास्थ्यका लागि निकै लाभलायक हुने पुष्टी नै भइरहेको छ । सबैलाई संजिवनीले काम गर्ला या नगर्ला तर रोग लागेका कतिपयका लागि भने संजिवनी अमृत नै समान भएको बिरामीकै भनाइ छ ।