किन अपमान गयो अमेरिकाले पाकिस्तानका प्रधानमंत्रीलाई ?

गुगलपाटी संवाददाता
१४ चैत्र २०७४ ०६:१५

पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीले अमेरिका विमानस्थलमा नियमित सुरक्षा जाँच पूरा गर्नु परेको छ । यसबाट प्रधानमन्त्री अब्बासीको अपमान भएको प्रतिक्रिया आएको छ ।

उनी हालै मात्र एक निजी भ्रमणका क्रममा अमेरिका पुगेका थिए । त्यसक्रममा उनले विमानस्थलको सुरक्षा जाँचका क्रममा कोट खोल्नुका साथै ब्याग बोकेर नियमित सुरक्षा जाँच पूरा गरेको भिडियो सार्वजनिक भएको छ ।

 

सामान्यतया भीआईपीहरुलाई नियमित सुरक्षा जाँच प्रक्रिया पूरा गर्नु पर्दैन । अब्बासी पाकिस्तानी प्रधानमन्त्री हुन् । तर, उनलाई आम मानिसलाई जस्तै सुरक्षा जाँच गरेर अपमान गरेको प्रतिक्रिया पाकिस्तानमा पाइएको छ ।

समाचारहरुमा जनाइए अनुसार परिवारको सदस्य विरामी भएपछि अमेरिका गएका अब्बासीले उपराष्ट्रपति माइक पेन्सलाई समेत भेटेका थिए । भेटमा पेन्सले आतंकवादी समूहविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् ।