बकैया ७ को कार्यालय हात्तीखोलाबाटै संचालन हुने

गुगलपाटी संवाददाता मकवानपुर,१६ असोज
१६ आश्विन २०७५ ०५:२०

मकवानपुरको बकैया गाउँपालिकाको वडा नम्बर ७ को वडा कार्यालय संचालनका बिषयमा देखिएको समस्या समाधान भएको छ ।
सो वडाको कामकाज घमनटोलबाट संचालन भइरहेकोमा पछि हात्तीखोलाबाट कार्यालय संचालन गर्ने निर्णय भएपछि घमनटोलका स्थानीयहरु आन्दोलित भउका थिए । सोमबार गाउँपालिकाका अध्यक्ष दामोदर खनालको पहलमा हालका लागि हात्तीखोलाबाट नै कार्यालय संचालन गर्ने र अर्को आर्थिक बर्षपछि धमिले खोलाको दक्षिण भाग र बोक्सी खहरेदेखि उत्तर पट्टीको बीचमा स्थायी कार्यालय संचालन गर्ने सहमति भएको गाउँपालिकाका अध्यक्ष खनालले बताए ।