उत्तर कोरियाली नेता किम र शी जिनपिंगबीच बेइजिङमा भेटवार्ता

गुगलपाटी संवाददाता
१४ चैत्र २०७४ ०७:०१

चीन भ्रमणमा रहेका उत्तर कोरियाका नेता किम जोंग उन र चिनीयाँ राष्ट्रपति र शी जिनपिंगबीच भेटवार्ता भएको छ ।

उत्तर कोरियाका नेता किम जोंग उन र चिनीयाँ राष्ट्रपति र शी जिनपिंग

उत्तर कोरियाका नेता किम जोंग उन र चिनीयाँ राष्ट्रपति र शी जिनपिंग

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राजधानी बेइजिङमा चिनीयाँ राष्ट्रपति शी जिनपिंग र किम जोंग उनबीच भेटवार्ता भएको छ ।

गत महिना मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेता किमले दिएको भेटवर्ताको निम्तोलाई स्विकार गरेका थिए ।

ट्रम्प प्रशासनसँग वार्ता गर्नुअघि उत्तर कोरिया र चीनका नेताहरुले भेट गर्नसक्ने विश्लेषकहरु बताएका छन् ।

उत्तर कोरियाको लागि चीन प्रमुख आर्थिक सहायता गर्ने राष्ट्र हो ।

सिन्ह्वाका अनुसार, नेता किमले चिनीयाँ समकक्षीसँग आणविक कार्यक्रम बन्द गर्न प्रतिवद्धता जनाएको सिन्ह्वाले लखेको छ ।

सन् २०११ मा उनले सत्ता सम्हालेपछिको यो किमको पहिलो विदेश भ्रमण हो ।एजेन्सी