हेटौंडाबाट झण्डै तीन क्वीन्टल गाँजा बरामद

गुगलपाटी संवाददाता मकवानपुर,१६ असोज
१६ आश्विन २०७५ १०:४६

 

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले दुई क्वीन्टल ९५ किलो लागु औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
चितवनबाट हेटौंडातर्फ आइरहेको इन्धन बोक्ने ट्यांकरमा उक्त परिमाणको लागु औषध फेला परेको हो । २२ वटा पोका बनाएर भारततर्फ लैजान लागिएको अवस्थामा गाँजा समातिएको ब्युरोका एसएसपी विश्वराज पोखरेलले जानकारी दिनुभयो। ट्यांकर र गाँजासँगै चालक प्रल्हाद ठकुरी पनि पक्राउ परेका छन् । अन्य बिषयमा अनुसंधान जारी रहेको प्रहरीले जनाएको छ ।
गाँजा लागू औषधका कारोबारीहरुले बारा र पर्साको बाटो हुदै भारत तर्फ जान लागेको हुन सक्ने आशंका गरिएको छ ।