बंगबन्धु गोल्डकपको पहिलो खेलमै पछारियो नेपाल

गुगलपाटी संवाददाता
१७ आश्विन २०७५ ०२:०९

बंगबन्धु गोल्डकपको पहिलो खेलमा साविक विजेता नेपाल ताजकिस्तानसँग २-० गोलअन्तरले पराजित भएको छ।
बंगलादेशको सिलटमा मंगलबार भएको खेलमा बलियो टोली ताजकिस्तानले दुबै हाफमा नेपालविरुद्ध दुर्इ गोल गरको थियो।

२७ औं मिनेटमा नेपाली रक्षक अनन्त तामाङले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा फाउल गरेपछि ताजकिस्तानले पाएको पेनाल्टीमा फाथ्खुल्लो फाथुएल्लोभले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। यस्तै दोस्रो हाफको ७२ औं मिनेटमा ताजकिस्तानका तुरिनोभ कोमरोनले हेडरमार्फत गोल गर्दै ताजकिस्तानलाई २–० को जित दिलाएका हुन्। नेपालले अब अक्टोबर ६ मा प्यालेस्टाइनसँग खेल्नेछ।