जिल्ला युवा समितिका अध्यक्ष चौलागाई सम्मानित

गुगलपाटी संवाददाता हेटौंडा,१७ असोज
१७ आश्विन २०७५ ०३:५१

जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाईलाई सम्मान गरिएको छ ।
अहिंसाको पुजारीको रुपमा संसारभर चिनिएका माहात्मा गान्धीको १ सय ५० औँ जन्मोत्सव तथा अहिंसा दिवसको अवसरमा तुलसी मेहर मेमोरियल बोर्डिङ स्कुल तथा स्वामी विवेकानन्द एम्वेसी अफ इनडीया इन नेपालको आयोजना गरेको कार्यक्रमका अवसरमा उनलाई सम्मान गरिएको हो । युवाहरुलाई सामाजिक क्षेत्रमा लाग्न प्रोसाहन गरेको भन्दै उनलाई मुख्यमन्त्री डोरमणी पौडेलबाट सम्मान गरिएको हो।
उक्त कार्यक्रममा बक्तृत्वकला कार्यक्रम तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले विश्वका सबै नागरिकहरु शान्तिको लागि अझैपनि तड्पिरहेको बताए ।माहात्मा गान्धिले शान्तिपूर्ण आन्दोलनबाट पनि महत्वपूर्ण आन्दोलन सफल हुन्छ भन्ने पुष्टी गरेको भन्दै विश्वमा हत्या हिंसा रोक्न उनको जीवन प्रेरणा बन्न सक्ने बताए ।कार्यक्रममा भएको बक्तृत्वकला कार्यक्रममा जिएस निकेतनकी उनुर चौलागाई प्रथम, वाल जागृतिकी प्रज्ञा मिश्र द्वितिय, सोलिड्यारेटीका विजय प्रसाद तृतिय तथा व्रम्हदिपका कृतिका लौडारी सान्तवना भएका छन् ।