मकवानपुरका तत्कालिन एसपी खनालको निलम्बन फुकुवा

गुगलपाटी संवाददाता हेटौंडा,१७ असोज
१७ आश्विन २०७५ ११:२७

सुन काण्ड प्रकरणमा निलम्बनमा परेका मकवानपुरका तत्कालिन प्रहरी प्रमुख बिकासराज खनाल पुनः जागिरमा फर्कने भएका छन् ।

साढे ३३ किलोसहित ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणका प्रतिवादी प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको निलम्बन फुकुवा भएको हो ।
सुन प्रकरणमा पक्राउ पर्दा खनाल मकवानपुरका एसपी थिए ।
सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङले थुनामा पठाएका एसएसपी लोहनी र एसपी लोहनी उच्च अदालतको आदेशानुसार साधारण तारेखमा रिहा भएपछि गृह मन्त्रालयले निलम्बन फुकुवा गरेको हो । गृहसचिव प्रेमकुमार राईले लोहनी र खनालको निलम्बन फुकुवा भएको जानकारी दिएका छन् ।