स्थानीय पत्रपत्रिकाः हेटौंडा अस्पतालमा बेथिति, प्राविधिकलाई प्रशासनिक जिम्मेवारी
गुगलपाटी संवाददाताहेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विष्यालाई प्रमुखताका साथ उठाएका छन् । एक सय ५ दिनमा फास्ट ट्रयाकको डीपीआर, नदीजन्इ पदार्थको कार्यविधिक तयार, पशुपालनबाट राम्रो आम्दानी, ऐतिहासिक कुन्छाल गाउँमा होमस्टेलगायत शीर्षकको समाचार आजका पत्रपत्रिकाहरुले छापेका छन् ।
अस्पतालमा बेथिति
स्वास्थ्य मन्त्रालयले सबै सरकारी स्वास्थ्य निकायको ओपीडि बिहान १० बजेदेखि ५ बजेसम्म खुला गर्न निर्देशन दिएपनि हेटौंडा अस्पतालमा भने त्यो कार्यान्वयन हुन सकेको छैन ।
अस्पताल दिउँसो ३ बजेसम्म मात्र ओपीडी सञ्चालन भइरहेको छ । टोकनको व्यवस्था नगरिएको कारण टिकट काट्न मुस्किलले लाइन बस्नुपर्ने बाध्यता रहेको छ । हेटौंडा अस्पतालका डाक्टर हरि खड्का भने दिनमा आठ घण्टा नभएर हप्तामा ४२ घण्टा काम गर्नुपर्ने कार्यविधि रहेको दावी गर्छन् । अस्पतालका सिनियर अहेब अनन्न बास्कोटा वर्षौदेखि फरक जिम्मेवारीमा छन् ।
उनको जिम्मेवारी अस्पतालमा विरामी रेखदेख गर्ने भए पनि प्रशासनमा उनको हाली मुहाली छ । उनलाई आर्थिक प्रशासनको जिम्मेवारी दिइएको छ । त्यस विषयमा धेरैले आलोचना गर्ने गरेका छन् । आजको हेटौंडा सन्देश दैनिकमा मानवी बानियाँले समाचार लेखेकी छन् ।
त्यस्तै आजको साझाकुरा दैनिकले मकवानपुरका उत्तरी क्षेत्रमा रहेको कुन्छाल गाउँमा होमस्टे सञ्चालन हुने समाचार छापेको छ । थाहा नगरपालिका–१२ मा रहेको ऐतिहासिक गोपाली गाउँमा ३ नम्बर प्रदेश सरकारले पर्यटन दिवसको अवसरमा केहीदिनअघि औपचारिक रुपमा होमस्टे सञ्चालनमा ल्याइए पनि होमस्टे सञ्चालन भने टिस्टुङ महोत्सवमा गरिने बताइएको छ ।
असोज २४ गतेदेखि २७ गतेसम्म हुने महोत्सवमा होमस्टेको व्यापक प्रचारप्रसार र सञ्चालन गरिने जनाइएको छ ।
आजको समृद्ध समाज दैनिकले पशुपालनबाट राम्रो आम्दानी गरिएको समाचार छापेको छ र मकवानपुरगढी गाउँपालिका– आमभन्ज्याङ सोलिथुम दमारका गीतानाथ हुमागाईंले गाइपालन गरेर दैनिक एक सय ४० लिटरसम्म दूध बेच्दै आएक छन् । २ वटा माउ गाइमध्ये ८ वटा दुहुनो छ । उनले गाईपालनबाट लाखौं आम्दानी गर्दै आएका छन् ।
त्यस्तै आजको प्रदेश दैनिकले नदीजन्य पदार्थको कार्यविधि बनेको समाचार छापेको छ । ३ नम्बर प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नदीजन्य पदार्थको संकलन तथा उपयोग कार्यविधि तयार गरेको छ । त्यसमा ३ वटा समिति बनाउने प्रस्ताव गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा अनुगमन समितिसमेत बनाउने बताइएको छ ।
हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ