नागढुङ्गामा सवारी अत्याधिक सवारी जामः एम्बुलेन्सभित्रै बिरामीको मृत्यु
गुगलपाटी संवाददाताधादिङ – पृथ्वी राजमार्गमा मंगलबार रातिदेखिको जाममा फसेको एम्बुलेन्सभित्रै एक जना बिरामीको ज्यान गएको छ । आजको राजधानीमा यो समाचार छापिएको छ ।
चितवनको भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं लैजाँदै गरेकी चितवन सौराहाकी ५५ वर्षीया रजनी चौधरीको बुधबार बिहान ज्यान गएको हो । नौबिसे–नागढुंगा सडकखण्ड मर्मत र निर्माणका क्रममा भएको जाममा एम्बुलेन्स परेको थियो । समयमै बिरामीलाई अस्पताल पु¥याउन नसक्दा ज्यान गएको मृतकका आफन्तले बताएका छन् ।
चौधरी बोकेको एम्बुलेन्स टायलघरमा चार घण्टा जाममा फसेको थियो । मृतक चौधरीका आफन्तले सडकमा अत्यावश्यक एम्बुलेन्सलगायतलाई पनि बाटो खुलाउन नसक्ने प्रशासनको आलोचना गरेका छन् ।
चौधरीका छिमेकीले भने, ‘समयमा पु¥याएको भए ज्यान जोगिने थियो तर जाममा नै चार घण्टा बित्यो, बिरामीले थप उपचार पाउने अवस्था रहेन ।’