रेडियो सन्देश प्रशारण आरम्भ

गुगलपाटी संवाददाता हेटौंडा
१८ आश्विन २०७५ १४:३२

सामुदायिक सञ्चार समुह सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्ज प्रशारण आरम्भ भएको छ । सुचना तथा सञ्चार मन्त्रालयमा ९५०-०७३/०७४ दर्ता भएको रेडियो सन्देश असोज १ गतेदेखी अनलाईन मार्फत प्रशारणमा आएको थियो । ३ नम्बर प्रदेशको राजधानी हेटौंडाको मुख्य बजार (बुद्ध चोक)बाट रेडियो प्रशारणको आरम्भ भएको छ ।

रेडियो सन्देशले फरक प्रस्तुति र एउटा नयाँ सोचको साथ समुदायको आवाज समेट्ने प्रयास गर्ने सामुदायिक सञ्चार समुह ९रेडियो सन्देश १०६.९ मेगाहर्ज का अध्यक्ष सुनिल खड्काले जानकारी दिए ।  बिल्कुलै नयाँ ढंगले रेडियो सञ्चालन गरिने खड्काको दाबी छ । रेडियो ले ताजा सन्देश अनि पुर्ण मनोरञ्जन दिनुका साथैं आवाजको दुनियाँमा एउटा पृथक पहिचान बनाउने उधेश्य रहेको अध्यक्ष खड्काले बताए ।  रेडियो दैंनिक बिहान ५ बजेदेखी राती ११ बजेसम्म १८ घण्टा प्रशारण हुने बताइएको छ ।