किष्ट बैंकका प्रमुख ज्ञावली भारतबाट पक्राउ

काठमाडौँ, १९ असोज
१९ आश्विन २०७५ ०२:१५

तीन वर्षदेखि फरार रहेका तत्कालीन किष्ट बैंकका प्रमुख कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ । ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो ।

अदालतले उनीविरुद्ध १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो । त्यस लगतै ज्ञवाली फरार रहेका थिए । उच्च प्रहरी स्रोतकाअनुसार महानगरीय अपराध महाशाखाको टोलीले सिमावर्ती भारतीय क्षेत्रबाट पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ ।

ज्ञवाली पक्राउ गरेको बारे महाशाखाले कुनै सूचना सार्वजनिक गरेको छैन । महाशाखा प्रमुख एसपी धिरजप्रताप सिंहले पक्राउ गर्ने प्रयास भइराखेकै बताए ।

ज्ञवाली पक्राउ बारे प्रहरीले आजै पत्रकार सम्मलेन गरी जानकारी दिने तयारी गरेको प्रहरी उच्च स्रोतको दाबी छ ।