३ नम्बर प्रदेशको राजधानी काभ्रे सार्न प्रश्ताव ,कसले गर्यो यस्तो प्रश्ताव हेर्नुहोस्
गुगलपाटी संवाददाता मकवानपुर२०७४ साल माघ ३ गते बसेको तत्कालिन शेर बहादुर देउवा सरकारले प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडा बनाउने निर्णय गरेपछि अहिले तीन नम्बर प्रदेशको राजधानी हेटौंडामा नै छ । तर,यो स्थान राजधानीका लागि पायक नपरेको भन्दै बुधबार हेटौंडा स्थित संसद सचिवालयमा राजधानी सार्न प्रश्ताव पेश गरिएको छ।
नीन नम्बर प्रदेशको स्थायी राजधानी काभ्रे जिल्लाको आइटीपार्कमा सार्नु पर्ने प्रश्ताव सोही जिल्लाका बाम गठबन्धनकै सांसदहरुले गरेका हुन् । बुधबार संसद सचिवालयमा प्रश्ताव पेश भएको संसद सचिवालयका सचिव भरत बुढाथोकीले गुगलपार्टीलाई जानकारी दिए । उनका अनुसार आइटीपार्कमा राजधानी सार्न प्रश्ताव गर्नेका कांभ्रेका एमाले सांसद चन्द्र बहादुर लामा रहेका छन् भने उनको समर्थकमा एमालकै बसुन्धरा हुमागाइ,लक्ष्मण लम्साल र माओवादीका रत्न ढकाल रहेका छन् ।
हेटौंडा पायक नपरेका कारण काभ्रे राजधानी सार्नका लागि आफूले नै प्रश्ताव पेश गरेको सांसद लामाले बताएका छन् । यद्यपी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले केही दिन अगाडि हेटौंडा आएर राजधानी यही हुने बताएका थिए भने मुख्यमंत्री डोरमणी पौडेलले पनि राजधानी हेटौंडाबाट नसर्ने बताउदै आएका छन् । राजधानी सार्ने प्रश्ताव पेश भएपछि अबको संसद बैठकमा यसबारे बहस हुने अनुमान गरिएको छ।