हेटौंडा एकेडेमीको बिबिध कार्यक्रम सम्पन्न
गुगलपाटी संवाददाता हेटौंडा,२० असोज
हेटौंडा एकेडेमीले हिन्दु नेपालिहरुको महान पर्व बिजयादशमिको अवसरमा शुभकामना प्रभातफेरी गरेको छ ।
प्रत्येक बर्ष झै यस वर्ष पनि हेटौंडा एकेडेमिले बिजया दशमी शुभकामना प्रभातफेरी कार्यक्रम गरेको हो । बुद्धचोकबाट शुरु भएको र्याली सुमार्गी कम्लेक्समा गएर सकिएको थियो । र्यालीमा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गी , सन्चालक अङ्किता सुमार्गी , स्काउट ग्रुप , एनसिसी ग्रुप, बिधालयका शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
यसैबीच हेटौडा उपमहानगरपालिकाकी उपप्रमुख मिनाकुमारी लामाले हेटौडा एकेडेमीले मकवानपुरलाई शैक्षिक हबको रुपमा चिनाउने बताउनु भएको छ । आज हेटौडा एकेडेमीको २१ औ अभिभावक भेलामा बोल्नुहुदै उपप्रमुख लामाले हेटौडा एकेडेमीले बालमैत्री विधालय सञ्चालन गरेकोमा धन्यवाद् पनि दिनुभयो ।
उहाले राज्यले निति बनाएर हरेक नागरिकलाई शिक्षित बनाउनुपर्नेमा धेरै त्रुटि भएको भन्दै त्यसमा सस्ंथागत विधालयले भुमिका खेलेको बताउनु भयो । कार्यक्रममा हेटौडा एकेडेमी सञ्चालन समितीका अध्यक्ष्य अरुणराज सुमार्गीले आफुहरुले हेटौडा एकेडेमीलाई विश्वविधालय बनाउने योजना लिएको बताउनु भएको छ । उहाले मकवानपुरका विधार्थीलाई मकवानपुरपै शान्त र शैक्षिक वातावरणमा पढ्ने व्यवस्था हेटौडा एकेडेमीले मिलाएको बताउनु भयो । सुमार्गीले यस विधालयले मकवानपुरलाई शैक्षिक हबको रुपमा चिनाउने दाबि गर्नुभयो । कार्यक्रममा हेटौडा एकेडेमीकी सञ्चालिका अंङकिता सुमार्गी , हेटौडा उपमहानरपालिका वडा नम्बर १ वडा अध्यक्ष सबिन न्यौपाने , प्याब्सन मकवानपुरका अध्यक्ष्य मदनकुमार दाहाल, शिक्षा ईकाईका कृष्ण प्रसाद घिमिरे, विधालयका प्रधानध्यापक श्रीबहादुर कार्की , विधालयका शिक्षक , विधार्थी तथा अभिाभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विधार्थीहरुले नाटक , गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।