खेलको बिस्तार आवश्यक : सांसद खतिवडा
जयराम मोक्तान मनहरी,२० असोजयुबा वर्गले कम रुचाएको भलिबल खेलको बिकासका लागी सबै क्षेत्रका ब्यक्तिहके बिशेष पहल बिना सम्भाब नरहेको सांसद बिरोध खतिवडाले बताएका छन । फुटबल , क्रिकेट तथा अन्य खेल जस्तै युबा बर्गमा लोकप्रीया खेल बनाउनका लागी बिद्यालय स्तरबाटै भलिबल सिक्ने वातावरण बनाउनु पर्ने बताए । पहिलाको पुस्तामा यो खेल निकै लोकप्रीय रहे पनि अहिलेका युबा पुुस्ताले भने भलिबल खेललाई खासै वास्त नगरेको पाएइको समेत बताए । पश्चिम मकवानपुरको मनहरि ७ मा रहेको रमान्टार युबा क्लबाद्धरा आयोजित क्षेत्रिया भलिबल प्रतियोगीतको उद्घाटन गर्दै सांसद खतिवडाले यस्तो बताएका हुन ।
हरेक क्षेत्रको बिकासका लागी स्थनिय स्तरबाटै काम सुरु हुनु पर्ने भन्दै मनहरिका युबाहरुले भलिबलको बिकासका लागी निकौ राम्रो कामको थालनी गरेको भन्दै प्रशंसा गरे । भलिबल आफुलाई पनि मन पर्ने खेल भएको भन्दै सांसद खतिवडाले पश्चिम मकवानपुरको खेलकुदको बिकासका लागी आफु संधै लागी पर्ने प्रतिबद्धता जनाए । कार्यक्रमा ३ नम्बर प्रदेशका सासंदहरु ओम घलान , सन्त चेपाङ, मनहरि गाउापालिकाका अध्यक्ष एकराज उप्रेती , कैलास गाउँपालिकाका अध्यक्ष टंक मुक्तान तथा स्थानिय सामुदायिक बनका पदाधिकारी तथा स्थानीय समाजसेबीहरुको उपस्थीती रहेको थियो
आजको उद्घाटन खेलमा रमन्टार युबा क्लब बि र राक्सीराङ ३ बिच भएको थियो । जसमा राक्सीराङ ३ बिजय भएको छ । आजको खेलमा रमन्टार युबा क्लब बि लाई १८ २५, १५ २५ , र १० २५ को सोझो सेटले पराजित गर्दै आफ्नो बिजय यात्रा सुरुवत गरेको हो ।
खेलको दोस्रो दिन भोली ४ वटा खेला खेलाइने आयोजकले जनाएको छ । भोलीको खेलमा बिहान २ खेल हुने छन भने दिउसो २ खेल हुने क्लबका अध्यक्ष राजेश मुक्तानले जनाकारी दिए ।
कैलास ५ र मनहरि भलिबल युबा समाज , त्यसै गरि कैलास ३ र सुना देबी युबा समाज बिच बिहान ८ बजेबाट खेल सुरु हुने छन । त्यसै गरि बाकी २ खेल दिउसो २ बजेबाट सुरु हुनेछन , दिउसोको पहिलो खेलमा रमन्टार युबा क्लब डि र कैलास २ र कैलास १० र रमन्टार युबा क्लब बिच खे ल हुनेछ ।