नारायणी सहकारीको २२ औं सधारणसभा सम्पन्न
गुगलपाटी संवाददाता हेटौंडा, आश्विन २० ।नारायणी बहुउद्देश्यीय सहकारी संस्थाले आज हेटौंडामा आफ्नो २२ औं साधारण सभा सम्पन्न गरेको छ । करीब १५ सय सदस्य रहेको सो सहकारीको बार्षिक साधारण सभालाई सम्बोधनगर्दै कार्यक्रमकाप्रमुखअतिथिप्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अब सहकारी संस्थाहरु एकत्रितहुँदै आफ्ना पूँजीलाई उद्योग कलकारखानामालगानी गरी समृद्ध नेपालको परिकल्पनालाई साकार पार्नुपर्ने समय आईसकेको बताएका छन् । उनले एउटा सहकारीमा सदस्य भैसकेको व्यक्ति सोहीप्रकृतिको अर्को सहकारीमापनि सदस्यहुनु भन्दा एउटै सहकारीमा आबद्ध भएर संस्थालाई मजबुतबनाउनु पर्ने सुझाबपनिदिएका छन् ।
साधारण सभामा वडा नम्बर ९ की सबैभन्दा जेष्ठ नागरिक १ सय बर्षकीमहाकालीदेवीभुजेललाई सम्मान सहित सहकारीमा १५ बर्ष देखि निरन्तर आवद्ध ७५ बर्ष उमेर पार गरिसकेका जेष्ठ नागरिकलाई मासिक ५ सयका दरले एकमुष्ठ एक बर्षको ६ हजार रुपैयाँ रकम सहितसम्मानगरिएको थियो । कार्यक्रममासहकारीको क्षेत्रमानिरन्तर क्रियाशीलताकालागिबद्रीलम्साल, अधिक रक्तदाताका रुपमानहकुलअधिकारी पनि सम्मानितभएका छन् ।
शेयर पुँजी ३ करोड भन्दा बढी रहेको यस सहकारीले गत आषाढ मसान्त सम्म रु. १० करोड ८५ लाखबचत गरेको छ भने रु. १२ करोड भन्दा बढी ऋण प्रवाहगरेको छ । सहकारीले निर्माण सामग्रीहरुको संस्थागतव्यवसाय समेत गरिरहेको छ । कार्यक्रममाजिल्ला समन्वय समितिमकवानपुरका सभापति रघुनाथ खुलाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, पूर्व सभासदअनन्तपौडेललगायतको सहभागिता रहेको थियो । साधारण सभासंस्थाकाअध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा सम्पन्नभएको हो ।