हेटौंडामा महिलाहरुलाई आत्मरक्षा तालिम

गुगलपाटी संवाददाता हेटौंडा,२१ असोज
२१ आश्विन २०७५ १४:०४

हेटौंडामा महिलाहरुको लागि आत्मरक्षा सम्बन्धी तालिम हुने भएको छ । नेपाल सोतो कराते डो संघ मकवानपुरले यही असोज २६ र २७ गते हेटौंडामा तालिम आयोजना गर्ने भएको हो ।
तालिममा करिब एक हजार महिलाहरु सहभागि हुने अपेक्षा गरिएको संघका तीन नम्बर प्रदेशका प्रमुख प्रशिक्षक गणेश प्रसाद अर्यालले बताए । ‘तालिमको तयारी भईरहेको छ, विषेशगरी किशोरीहरु बढि सहभागि हुने हामीले अपेक्षा गरेका छौं’, उनले भने ।
तालिममा महिलाहरुलाई कसैले आक्रमण गरिहालेमा प्रतिरोध गर्ने र आफु सुरक्षित भएर हिँड्नेबारे जानकारी दिईने अर्यालले बताए । पछिल्लो समय महिला हिंसा, बलात्कार लगायतका घटना बढ्न थालेपछि संघले हेटौंडामा तालिम आयोजना गर्न लागेको उनले बताए ।