निर्मला पन्त हत्या प्रकरण छानबिन समितिको प्रतिवेदन सार्वजनिक

गुगलपाटी संवाददाता काठमाडौँ
२१ आश्विन २०७५ १४:५८

गृह मन्त्रालयले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक गरेको छ ।गृहमन्त्रालयकासहसिचव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो। मन्त्रालयले ३७ पृष्ठ लामो प्रतिवेदन आफ्नो वेभसाइटमा राखेको छ।प्रतिवेदन सार्वजनिक गर्न सरकारमाथि दबाब बढेको थियो । आइतबार मन्त्रिपरिषद्को स्वीकृतिपछि गृहले पन्त प्रकरणको प्रतिवेदन बाहिर ल्याएको हो । समितिले गत असोज १० गते गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको थियो ।भिमदत्त नगरपालिका २ की १३ वर्षीय पन्तकोसाउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो।