मनहरी घेदुङको अध्यक्षमा इन्द्रकुमार ब्लोन चयन
गुगलपाटी संवाददाता मनहरीनेपाल तामाङ घेदुङ संघिय कार्यालयको सर्कुलर अनुसार ३ नम्बर प्रदेशमा तामसालिङ जागरण अभियान तथा स्थानीय तह सम्म घेदुङको संगठन बिस्तार अभियान अन्तर्गत आइतबार नेपाल तामाङ घेदुङ मनहरी गाउपालिकाको प्रथम भेलाबाट गठन गरिएको छ । भेलाबाट इन्द्रकुमार ब्लोनको नेतृत्वमा १७ सदस्यीय गाउपालिका कमिटि गठन गरिएको हो ।
त्यस्तै, उपाध्यक्षमा बुद्धिराम मोक्तान, र कमला गोङ्बा सचिबमा चन्द्र बहादुर थिङ, कोषाध्यक्षमा मिनबहादुर लामा, सह-सचिबमा मानबहादुर स्याङ्तान र सदस्यहरुमा गौतम लामा, रामचन्द्र स्याङ्तान, बाबु थिङ, विष्णुलाल स्याङ्तान, सुन्दर लामा, गोपीराम मोक्तान र तिलक रुम्बा लगायत चयन भएका छन् । नबगठित गाउपालिका घेदुङ्ले अब मकवानपुरको पश्चिम क्षेत्रको तामाङको लागि एकजुटको अभियान वडा हुदै टोल-टोलमा सम्म आफ्नो हक अधिकार र तामाङ पहिचानको संरक्षणमा जोड दिने कार्यक्रमहरु अघि ल्याइने बताइएको छ । कार्यसमितिलाई पूर्णता दिन पहिलो बैठकले चार जना व्यक्तिहरुलाई मनोनित गरेर पूर्णता दिई वडा स्तरिय घेदुङको गठन प्रक्रियामा लाग्ने नबगठित घेदुङको अध्यक्ष इन्द्रकुमार ब्लोनले बताउनु भयो ।
प्रथम भेलामा तिन नम्बर प्रदेशको प्रदेशसभा सदस्य माननीय ओम घलानको प्रमुख आतिथ्यता तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वयन समितिको अध्यक्ष लिलाकुमार घलानको अध्यक्षतामा कार्यक्रम भएको थियो । त्यस्तै कार्यक्रममा घेदुङको संघिय सदस्य सुनिल मोक्तान, पूर्व संसद एबम समाजसेबी राजाराम स्याङ्तान, नेपाल तामाङ घेदुङको ३ नम्बर प्रदेश सदस्य ठुलीमाया ब्लोन, गुम्बा बिहार संरक्षण सघको जिल्ला अध्यक्ष निरु थिङ, मनहरी गाउपलिका वडा- ५, का अध्यक्ष शुभराज थिङ, वडा न ८ का अध्यक्ष दिलबहादुर स्याङ्तान, समाजसेबी एबम बुद्धिजिबी खुसीलाल मोक्तान, घेदुङको पूर्व अध्यक्ष बुद्ध रत्न लामा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।