चट्याङ लागेर दुइ बालबालिकासहित ३ को मृत्यु

गुगलपाटी संवाददाता
१८ जेष्ठ २०७५ ०६:००

लिम्चुङबुङ्ग गाउँपालिका–२ ताम्लिछामा बिहीबार चट्याङले लागेर दुई बालबालिकासहित ३ को मृत्यु भएको छ ।

हावाहुरी र वर्षात्‌सँगै परेको चट्याङ लागेर कृष्णबहादुर भुजेलको छोरी ८ वर्षीया विष्णुमाया भुजेल, खडु भुजेलको ११ वर्षीय छोरा कौशल भूजेल र ६३ वर्षीय धनप्रताप राईको मृत्यु भएको प्रहरीले जनाएको छ। धनप्रताप र बालिका विष्णुमायाको घटनास्थलमै र कौशलको उपचार गर्न ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए।
चट्टयाङले लागेर खडुको छोरा ६ वर्षीय रिजकु भूजेल सख्त घाइते भएको प्रहरी उपरीक्षक भट्टले बताए।हावाहुरीसहित पानी परेपछि कृष्णबहादुर भुजेलको घर दलानमा ओत लागिरहेको अवस्थामा चट्याङ पर्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते बालक रिजकुलाई उपचारका लागि गाईघाट पुर्‍याइँदै छ।

तपाईको प्रतिक्रिया