दुर्घटनामा तीनजनाको मृत्यु

गुगलपाटी संवाददाता
११ जेष्ठ २०७५ ०८:०१

 मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मोरङको बुढीगंगा गाउँपालिका–३ मा ना ७ ख ७०१९ नम्बर ट्रकको ठक्करले स्थानीय ४० वर्षीया नोनीदेवी चौधरीको बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरीको बर्जु गाउँपालिका–६ मा को १ त ४६७ नम्बर ट्रयाक्टरको ठक्करले ११ वर्षीय अवन पालको मृत्यु भएको छ । सुनसरीकै देवानगन्ज गाउँपालिका–३ स्थित नहरमा को २ त ६७५३ नम्बर ट्रयाक्टर पल्टँदा ३५ वर्षीय विनोद मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ । उनका भाइ सन्तोष मेहता घाइते भएका छन् ।
मोरङकै कानेपोखरी गाउँपालिकामा को ३२ प ८९८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा त्यसमा सवार उत्सव चौधरी, दुर्गा राजबंशी र सपन धिमाल घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया