मकवानपुरमा अझै औलो रोग

गुगलपाटी संवाददाता
११ बैशाख २०७६ १२:००

हेटौंडाः मकवानपुर जिल्लामा अझै औलो रोग रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा यो आर्थिक वर्षमा २ जनालाई औलो रोग भेटिएको छ ।

३ नम्बर प्रदेशको स्वास्थ्य निर्देशनालयले विश्व औलो रोग दिवसको पुर्वसन्ध्यामा गरेको अन्र्तक्रिया कार्यक्रममा जिल्ल जनस्वास्थ्यले दिएको जानकारी अनुसार मकवानपुरमा आर्थिक वर्ष ०७२/७३ मा ११ जना, ०७३/७४ मा २ जना, ०७४/७५ मा ३ जनामा औलो रोग भेटिएको छ । यस्तै स्वास्थ्य निर्देशनलायका फोकल पर्सन चन्द्रेश्वर यादवले दिएको जानकारी अनुसार मकवानपुरमा ३ नम्बर प्रदेशमा यो आर्थिक वर्षमा २६ जनामा औलो रोग भेटिएको छ । नेपाल भने १ हजार १ सय ८७ जनामा औलो रोग रहेको यादवले जानकारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया