राती गस्ती गर्ने आमा समुहले गर्यो बनभोज

गुगलपाटी संवाददाता
१५ मंसिर २०७५ १२:३१

समाजमा हुने बिकृति र बिसंगती बिरुद्ध अभियान सञ्चालन गर्दै आएको पुष्पाञ्जली आमा समुहले बनभोज तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । हेटौंडा ९ मा रहेको उक्त समुहले शनिबार हेटौंडाको बनस्खण्डी मन्दिरमा बनभोज तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
तिहारमा देउसी भैलो कार्यक्रमबाट संकलित रकमले बनभोज तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको समुहकी अध्यक्ष कल्पना थापा मगरले बताइन् । उक्त समुहले बिगत् डेढ वर्षदेखि रातको समयमा गाउँमा गस्ती गर्दै आएको छ । राती गस्ती गर्न थालेपछि हेटौंडा ९ पशुपतिनगर क्षेत्रमा महिला माथि हुने घरेलु हिंसा, लागूऔषध दुब्र्यसनी र घरेलु मदिराको उत्पदानमा कमि आएको स्थानीयहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया