सिमलटार टोल विकास संस्थाको सातौं साधरणसभा सम्पन्न

गुगलपाटी संवाददाता
५ माघ २०७५ १२:३८

हेटौंडा ११ स्थित सिमलटार टोल विकास संस्थाको सातौं साधरणसभा शनिबार भएको छ ।
हेटौंडा ११ नम्बर वडाका अध्यक्ष गोकर्ण पराजुलीको प्रमुख आतिथ्यतामा भएको साधरणसभामा हेटौंडा उपमहानगरपालिकाका शाखा अधिकृत हिम प्रसाद पौडेल, टोल विकास संस्था नगर समन्वय समितिका सचिव देव कुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरका नेता प्रकाशचन्द्र पाण्डे, कमलचन्द्र सुमन, हेटौंडा ११ स्थित बिपन्न सहकारी संस्थाका अध्यक्ष दुदुमाया थापा,संस्थाका पूर्व अध्यक्ष देवकुमार थोकर लगायतको आथित्यता रहेको थियो ।
संस्थाका अध्यक्ष मधुकुमार थापा मगरको सभाध्यक्षतामा भएको साधरणसभामा कोषाध्यक्ष विष्णु प्रसाद आचार्य र सचिव देवी लोप्चनले प्रगति प्रतिवेद प्रस्तुत गरेका थिए ।
संस्थाको नयाँ कार्य समिति भने मतदान प्रक्रियाबाट केही समयभित्र चयन गरिने अध्यक्ष मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया