सुन्धाराबासी भन्छन्,हाम्रो धरहरा कहिले बन्छ ?

गुगलपाटी संवाददाता
२४ भाद्र २०७५ ०३:५४

काठमाडौँको ब्यस्त क्षेत्र सुन्धाराका व्यवसायीहरुले तीज विशेष कार्यक्रम गरेका छन् । सुन्धारा होटल व्यवसायी संघले हरितालिका तीजको अवसरमा दरखाने कार्यक्रम आयोजना गर्नुका साथै आफ्नो कार्यालय भवनको समेत उद्घाटन गरिएको हो ।
कार्यक्रममा सुन्धाराका व्यवसायीहरुले धरहरा छिटो भन्दा छिटो निर्माण गर्न माग गरेका थिए । ऐतिहासिक सम्पदाको रुपमा रहेको धरहरा नहुदाँ सुन्धारा मात्र नभई देशकै धरोहरको कमि भएको उनीहरुको भनाई थियो ।
सन् २०२० लाई सरकारले पर्यटन बर्षको रुपमा घोषण गरिसकेको अवस्थामा विभिन्न ऐतिहासिक सम्पदा निर्माण हुन नसके पर्यटन बर्ष सफल हुन नसक्ने समेत उनीहरुको धारण थियो । यस्तै संघका अध्यक्ष वृद्धिबहादुर बस्नेतले संघले आफ्नो समाजिक उत्तरदायित्व अन्र्तगत विविध कार्यक्रम गरेको जानकारी दिदै महिलाले मात्रै सबै सहभागी भई मौलिक तीजको संरक्षण गर्न कार्यक्रम आयोजना गरेको प्रकाश पारेका थिए ।
उनले धरहरा नबन्दा सुन्धाराको मौलिकपत्र हराउदा यो क्षेत्रको पर्यटन क्षेत्रमा निकै ठुलो असर परेको बताए ।
यस्तै संघका सचिव शंकर भण्डारीले सुन्धारा क्षेत्रमा विविध समस्याहरु रहेको बताउदै धरहरा बनाउन राज्य चुके पर्यटनमा ठुलो क्षति पुग्ने बताए । संघका अध्यक्ष वृद्धिबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमका काठमाडौँ वडा नम्बर ११ का वडा अध्यक्ष हिरालाल तन्डुकार, बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, संघका पूर्व अध्यक्ष नारायणप्रसाद उपाध्याय विशिष्ट अतिथि रहेका थिए ।
सघंका उपाध्यक्ष लक्ष्मी अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा संघमा आवद्ध दिदिबिहिनी एवं दाजुभाई तथा सम्पूर्ण सहभागीहरु सामुहिक रुपमा दर खाई नाचगान समेत गरेका थिए ।

एक भव्य समारोहका विच भएको कार्यक्रममा सुन्धाराका व्यवसायीहरुले धरहरा छिटो भन्दा छिटो निर्माण गर्न माग गरेका थिए । ऐतिहासिक सम्पदाको रुपमा रहेको धरहरा नहुदाँ सुन्धारा मात्र नभई देशकै धरोहरको कमि भएको उनीहरुको भनाई थियो ।


सन् २०२० लाई सरकारले पर्यटन बर्षको रुपमा घोषण गरिसकेको अवस्थामा विभिन्न ऐतिहासिक सम्पदा निर्माण हुन नसके पर्यटन बर्ष सफल हुन नसक्ने समेत उनीहरुको धारण थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुन्धाराका पुराना पर्यटन व्यवसायी एवं बरिष्ठ समाजसेवी दिलविकास राजभण्डारीले धरहरा बनाउन सरकारले ढिलो गर्नु नै पर्यटन बर्ष आफै असफल हुने बताएका छन् ।

यस्तै संघका अध्यक्ष वृद्धिबहादुर बस्नेतले संघले आफ्नो समाजिक उत्तरदायित्व अन्र्तगत विविध कार्यक्रम गरेको जानकारी दिदै महिलाले मात्रै सबै सहभागी भई मौलिक तीजको संरक्षण गर्न कार्यक्रम आयोजना गरेको प्रकाश पारेका थिए ।

उनले धरहरा नबन्दा सुन्धाराको मौलिकपत्र हराउदा यो क्षेत्रको पर्यटन क्षेत्रमा निकै ठुलो असर परेको बताए ।

यस्तै संघका सचिव शंकर भण्डारीले सुन्धारा क्षेत्रमा विविध समस्याहरु रहेको बताउदै धरहरा बनाउन राज्य चुके पर्यटनमा ठुलो क्षति पुग्ने बताए ।

संघका अध्यक्ष वृद्धिबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमका काठमाडौँ वडा नम्बर ११ का वडा अध्यक्ष हिरालाल तन्डुकार, बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, संघका पूर्व अध्यक्ष नारायणप्रसाद उपाध्याय विशिष्ट अतिथि रहेका थिए ।

सघंका उपाध्यक्ष लक्ष्मी अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा संघमा आवद्ध दिदिबिहिनी एवं दाजुभाई तथा सम्पूर्ण सहभागीहरु सामुहिक रुपमा दर खाई नाचगान समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया