जनप्रतिनिधिको काम राप्ती विकास संस्थाले गरेको छ : लामा

गुगलपाटी संवाददाता
२६ श्रावण २०७५ १२:२६

राप्ती विकास समिति बिपन्न र अभावमा रहेकाहरुको अभिभावक बन्न सफल भएको हेटौडा उपमहानगरपालिका १० नम्बर वडा अध्यक्ष किताव सिं लामाले बताएका छन् । राप्ती विकास समितिकोे वार्षिक साधारण सभालाई शनिबार हेटौंडामा सम्बोधन गर्दै अध्यक्ष लामाले जनप्रतिनिधिले गर्नु पर्ने काम यस संस्थाले गरिरहेको बताए ।
राप्ति विकास समितिका अध्यक्ष निमटोलमा आर्चायको सभाध्यक्षतामा भएको कार्यक्रममा सामुदायीक विद्यालयहरुको संघठन प्याब्सन मकवानपुरका अध्यक्ष मदन दाहालले धेरै संघसंस्थाले कागजी रुपमा मात्रै काम गरेको देखाई पैसा असुल्ने कार्य गरिरहेको भन्दै यस संस्थाले गरेका कार्य भिन्न र नमुना रहेको बताए ।

विपन्न/कमजोर आर्थिक स्थिती रहेका वालवाललिको जीवनलाई माथि उठाउनको लागि अभिभावकको भूमिका निर्वाह गरिरहेको कार्य सकरात्मक रहेको बताए । कार्यक्रममा संस्थाका कोषध्यक्ष बीररत्न तामाङले आर्थिक वर्ष २०७४/७५ को आर्थिक आयव्याय प्रस्तुत गरेका थिए भने संस्थाका सचिव पुरुषोत्तम उप्रेतीले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका संस्थापक तथा संरक्षक ऋषिराम आचार्यले छात्रवृत्ति प्रतिवेदन प्रस्तुत गर्दै मकवानपुर तथा विभिन्न जिल्लाका विपन्न गरिव जेहेन्दार एक सय १३ जना विद्यार्थीहरुलाई गाँस, वाँस कपासको व्यवस्था सहित निशुल्क रुपमा अध्यापन गराईरहेको बताए । संस्थाका अध्यक्ष निमडोलमा आचार्यले भावि योजना सार्वजनिक गर्दै खैराङमा संचालन भईरहेको वेथानी प्रि. प्राइमरी स्कुलको स्तरउन्नती गर्ने, सो विद्यालयमा सोलार जडान गरि शिक्षाको स्तर सुधार्ने, खैराङका महिला तथा वालवालिकालाई लक्षित गरि जनचेतनामामुलक कार्यक्रम तथा तालिम संचालन गर्ने योजना रहेको बताईन् ।
त्यस्तै त्यहाँका विपन्न वर्गलाई लक्षित गरि आर्थिक उन्नतिको लागि बाख्रा पालनमा लगानी गर्ने, कृषिमा लगानी गर्ने पनि उनले बताईन । ‘हाम्रो लक्ष्य त्यहाँको हरेक मानिस स्वास्थ्य उपचार अभावले मृत्युको सिकार वन्न नपरोस भन्ने हो’, आचर्याले भनिन्, ‘त्यसको लागि सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने र एम्वुलेन्स संचालन गर्ने प्रमुख लक्ष्य रहेको छ ।’
साधरणसभामा संस्थाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।