संघीयताको बिरोध गर्ने छुट कसैलाई छैन : पुलामी
गुगलपाटी संवाददाताप्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले संघीयताले ल्याएको प्रदेशसभामा बसेर संघीयताको बिरोध गर्ने छुट कसैलाई नभएको बताएका छन् । प्रदेश तीनका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटमाथि आईतबार प्रदेशसभामा बोल्दै पुलामीले जनयुद्ध र जनआन्दोलनको बलमा आएको संघीयतालाई बलिायो बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।
उनले मकवानपुरको पूर्वी बकैया गाउँपालिकास्थित धियाँलमा रहेको युरोनिय खानीको अनुसन्धान, संरक्षण र पहिचन गरिनुपर्ने बताए । साथै उनले चुरे प्रभावित क्षनेत्रमा रहेको बस्तीहरुको संरक्षणको लागि बलियो तटबन्धन गर्न बजेट छुट्याइुपर्ने माग गरे ।
गाउँ गाउँमा जटिबुटी उत्पादनमा जोड दिनुपर्ने भन्दै सभासद पुलामीले जरिबुटी प्रबद्र्धन र प्रसोधन को लागि आधुनिक उपकरणहरु भित्र्याईनुपर्ने बताए । साथै उनले स्वर्गीय साहित्यकार श्याम प्रसाद शर्माको स्मृतिमा गठित श्याम प्रसाद स्मृति प्रतिष्ठानलाई बजेट छुट्याउन समेत माग गरे ।