हेटौंडा ९ मा प्रहरी र समुदाय मिलेर मनाए तीज कार्यक्रम

गुगलपाटी संवाददाता
१६ भाद्र २०७५ १२:४१

सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगर र पशुपतिनगर हेल्थ क्लवको आयोजनामा शनिबार जनचेतनामुलक तीज कार्यक्रम भएको छ ।
हेटौंडा ९ स्थित औद्योगिक क्षेत्रको खेल मैदानमा सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्ट र पशुपतिनगर हेल्थ क्लवका प्रचण्ड प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ, हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीनाकुमारी लामा, हेटौंडा–८ का अध्यक्ष गोपालबहादुर श्रेष्ठ,नेपाल पत्रकार महासंघ प्रदेश तीनका महासचिव कृष्ण सारु ममगर, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अनुजजंग रायमाझी, खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिना, नारायणी बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामहरि न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।


कार्यक्रममा बोल्ने वक्ताहरुले तीजलाई तडकभडक रहित मनाउनुपर्नेमा जोड दिएका थिए । सामुदायिक सेवा केन्द्र र पशुपतिनगर हेल्थ क्लवले महिला तथा युवा सशक्तीकरण र जनचेतनामा विशिष्ट योगदा गरेको भन्दै प्रशंसा गरिएको थियो । कार्यक्रममा तीज गीत प्रतियोगिता आयोजना गरिनुका साथै विभिन्न कलाकारले नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।