हटौंडाको २५ मिटर क्षेत्रमा चल्यो डोजर

गुगलपाटी संवाददाता हेटौडा
२३ असार २०७६ ०८:५८

हेटौडामा निकै विवादीत बनेको २५ मिटर फराकिलो बनाउने अभियान पुनः शुरु भएको छ । यो अभियान आज मकवानपुरको लोथरबाट शुरु गरिएको डिभिजन कार्यालय हेटौँडाका सुचना अधिकारी जयराम अधिकारीले जानकारी दिनुभयो ।

२५ मिटरको अभियान आजबाट सुरु भएको छ उनले भने अब यो पटक रोकिनेवाला छैन् । मकवानपुरको हेटौँडामा अबको दुई दिनबाट काम सुरु गर्ने उनले बताए ।

मकवानपुरको मुख्य बजार क्षेत्रको रुपमा रहेको हेटौँडा उपमहानगरपालिका क्षेत्रका ३ सय भन्दा धेरै घरले सार्वोच्च अदालतको स्टे अर्डर लिएको भन्दै उनले त्यस घर बाहेक अन्य क्षेत्रमा डोचर चल्ने बताए ।

मुआब्जाको विषयमा अहिलेसम्म कुनैपनि निर्णय भैनसकेको उनको भनाई रहेको छ । यता मकवानपुर उद्योग वाणिज्य संघले भने विना मुआब्जा घरमा डोजर चलाउन नदिने चेतावनी दिएको छ ।

सरकार मुआब्जा दिन सक्ने अवस्थामा नभए १६/१६ मिटरमात्र भत्काउनुस् :- कटुवाल