मनहरिमा क्युकोसेन कँराते संघ गठन

गुगलपाटी संवाददाता मनहरी,७ साउन
७ श्रावण २०७५ १२:३७

पश्चिम मकवानपुरको मनहरिमा क्युकोसेन कँराते संघ गठन गरेको छ । नारायण श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय मनहरि क्युकोसेन संघ गठन गरेको हो । उपाध्यक्षमा प्रकाश लामा स्याङतन , कोषाध्यक्षमा बिमला घलान , सचिवमा नविन मुक्तान चयन भएका छन । त्यसै गरि सदस्यहरुमा रवय सिं लामा , जनक ब्लोन , राजेन्द्र स्याङतान , भरत ब्लोन ,प्रसोद राई र बाबु थिङ चयन गरेको हो । संघ गठन कार्यक्रममा जिल्ला खेलकुद समिती मकवानपुरका अध्यक्ष माधब तिमील्सीना क्युकोसेन कँराते संघका केन्द्रीय सचिब रोशन कपाली र केन्द्रीय सदस्य प्रेम लामा लगाएतको उपस्थीती रहेको थियो