प्रदेश स्तरीय गोष्ठी हेटौंडामा

गुगलपाटी संवाददाता मकवानपुर,१८ बैशाख
१८ बैशाख २०७५ १२:४०

मंगलबार हेटौंडामा प्रदेश नम्बर ३ स्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापाको प्रमुख अतिथ्यतामा उक्त गोष्ठी भएको हो । गृह मन्त्री थापाले उद्घाटन गरे पछि मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीले मुलुकलाई सुरक्षित बनाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताउनुभयो । प्रदेशका १३ जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र प्रमुख जिल्ला अधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेल, प्रदेश नम्बर ३ का प्रमुख सचिव रेश्मिराज पाण्डे, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रम गृह मन्त्रालयका सचिव प्रेमकुमार राईको अध्यक्षतामा भएको थियो ।