चारतिरबाट प्रदर्शनको तयारीमा काँग्रेस, १० हजार सडकमा उतार्ने

गुगलपाटी संवाददाता
२१ माघ २०७५ ००:५२

हेटौंडा – वर्तमान सरकारले अधिनायकवादी शैलीमा अघि बढको भन्दै नेपाली काँग्रेसले आज सोमबार देशभर विरोध प्रदर्शन गर्ने भएको छ । देशव्यापी कार्यक्रमअन्तर्गत काँग्रेस मकवानपुरले पनि आज हेटौंडाको चार किल्लाबाट एकसाथ बिरोध प्रदर्शन सुरु गरी सरकारलाई चेतावनी दिने तयारी गरेको छ ।

हेटौंडाको पूवी क्षेत्र सानोपोखरा, पश्चिम क्षेत्र जिल्ला प्रहरी कार्यालय अघि, उत्तरी क्षेत्र भीमफेदी बसपार्क र दक्षिणी क्षेत्र वन विज्ञान अध्ययन संस्थान अघिबाट एकसाथ विरोध ¥याली निकाल्ने काँग्रेसले तयारी गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

काँग्रेस मकवानपुर प्रवक्ता प्रदिप कोइरालाका अनुसार चारैतिरबाट निस्कने विरोध प्रदर्शनमा जिल्ला नेता, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिका साथै जिल्ला सदस्यलाई जिम्मेवारी दिइएको छ । पूर्वी क्षेत्रको सानोपोखराबाट निस्कने ¥यालीमा जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ, उपसभापति विष्णु लामिछाने, सहसचिव रामबाबु बानियाँ र दामोदर खनाललगायत नेतालाई कार्य जिम्मेवारी दिइएको छ ।

पश्चिमी क्षेत्रको राप्तीरोडबाट निस्कने ¥यालीमा पार्टी सचिव बुद्ध लामा, क्षेत्रीय सभापति लोक मुक्तानलगायत सहभागी हुनेछन् । उत्तरी क्षेत्रको भीमफेदी बसपार्कबाट निस्कने ¥यालीमा पार्टी सल्लाहकार माइकल रामचन्द्र अर्याल, सचिव आनन्द कठायत, क्षेत्रीय सभापति यतिराज सापकोटालगायत सहभागी हुनेछन् । त्यस्तै दक्षिणी क्षेत्र फरेष्टी गेटबाट निस्केन ¥यालीको नेतृत्व पार्टी निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रवक्ता प्रदिप कोइरालाले गर्नेछन् । चार क्षेत्रबाट निस्कने ¥यालीमा सम्बन्धित क्षेत्रका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिका साथै जिल्ला सदस्यलगायत सहभागिता हुनेछन् ।

चारै क्षेत्रबाट एकसाथ निस्किएको ¥याली हेटौंडाको बुद्धचोकमा आई कोणसभामा परिणत हुनेछ । ¥यालीमा १० हजारजनाभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको प्रवक्ता कोइरालाले बताए ।

चिकित्सा शिक्षा जबरजस्ती पास गरी संसदीय मर्यादा कायम नगरिएको भन्दै काँग्रेसले त्यसको विरोध गरेको छ । साथै डा. गोविन्द केसीको माग पूरा गरिनुपर्ने, निर्मला पन्तको हत्यारा पत्ता लगाउनुपर्ने, महङ्गी नियन्त्रण, कर वृद्धि फिर्ता, प्रदेश राजधानी हेटौंडालाई स्थायी बनाइनुपर्नेलगायत माग राख्दै काँग्रेस सडकमा उत्रिन लागेको हो ।